बिर्तामोड । 

झापाको बिर्तामोडमा इस्लाम धर्मावलम्बीहरूको पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहे – व सल्लमको १४९७ औं जन्मजयन्ती मनाइएको छ । 

बिर्तामोड नगरपालिका ३ स्थित बिर्ताबजारको मदरसा तालिमुल कुरान आधारभूत बिद्यालयको आयोजनामा आइतबार (आज) जन्मजयन्ती मनाइएको हो ।

 जश्ने ईद मिलादुन्नबी कार्यक्रमको आयोजना गरी बिर्ताबजारदेखि बिर्तामोडको मुक्तिचोक हुँदै पुनः मदरसा प्राङ्गणमा पुगेर धार्मिक शोभा यात्रा सम्पन्न भएको थियो । र्यालीपछि मदरसामा बिभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको थियो । 

उक्त कार्यक्रममा बिर्तामोडका बिभिन्न इस्लाम धर्मावलम्बी संघ÷संस्थासहित करिब पाँच हजार जनाको र्यालीमा सहभागीता रहेको मदरसा तालिमुल कुरानका अध्यक्ष अफ्रोज खाँ पैठानले जानकारी दिए । अध्यक्ष खाँले सरकारले इस्लामहरुको पर्वमा सार्वजनिक बिदा दिनु पर्ने माग समेत गरेका छन् । 

islam