विर्तामोड । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आम निर्वाचनमा प्रतिगमनविरुद्ध संगठित गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा २ नं क्षेत्रस्तरीय निर्वाचन परिचालन मूल समिति गठन भएको छ ।

मूल समितिको सह–संयोजकमा नेकपा माओवादी केन्द्रका धर्मशिला चापागाई, नेकपा एसबाट निलमणि बराल र नेपाली कांग्रेसबाट कृष्ण हुमगाई तथा सदस्य सचिवमा नेकपा माओवादीका सिपि कडरिया रहेका छन् ।

त्यसैगरी झापा क्षेत्र नं–२ प्रदेश १ मा नेपाली कांग्रेसका प्रदेश सभापति लक्ष्मी आचार्यको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ भने २ को २ मा किरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

त्यसैगरी निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी रुपमा जनस्तरसम्म पु¥याउन कृष्ण हुमागाईको संयोजकत्वमा चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा तीर्थ सिग्देल, सचिवमा उद्वव पुरी रहेका छन् । त्यसैगरी समितिको सदस्यमा रेजिना गौतम, सुशिला संग्रौला, इन्दु पूर्वेली, कुमार भट्टराई, पवन किराती, पुष्प खड्का, जगन्नाथ भट्टराईसहित २५ सय १ सदस्यीय  समिति गठन गरिएको छ ।

त्यसैगरी बैठकले प्रत्युस रानाको संयोजकत्वमा सात सदस्यीय आर्थिक ब्यवस्थापन समिति गठन गरेको छ । संगठन परिचालन समिति, महिला परिचालन समिति, युवा परिचालन समिति, विद्यार्थी परिचालन समिति र भातृ तथा जनवर्गीय संगठन परिचालन समिति पनि गठन गरिएको जनाइएको छ ।