झापा । 

झापाको हल्दिबारी गाउँपालिकाले पशु प्राबिधिक कर्मचारीहरूलाई सम्झौता बमोजिम  कार्य अबधि भरी काम गराएर अबधि सम्पन्न भएपछि स्वरोजार बन्न दिने भनिएको जनही एक लाख रुपैयाँ नदिएको प्राबिधिकहरू मध्येका प्रफुल मण्डलले बताएका छन् ।

प्रफुलले आफुसहित सुनिल मुर्मु, रोशन ढुङ्गेल, रमेश भट्टराई, शरदा बन, जमुना सोरेन, निर्मला राजबंशी, दिपेश राजवंशी गरी जम्मा आठ जनाले पशु  प्राबिधिकको तालिम लिएको बताएका छन् ।  ‘सम्झौतामा एक वर्ष काम गर्ने भनिएको थियो । काम गरियो फेरिपछि १ वर्ष थप गरी दुई बर्षसम्म  हल्दिबारी गाउँपालिकाका वडाहरूमा पशु सेवा शाखामा काम गरियो । अहिले करार अबधि सकियो। काम छैन, त्यहिँ एक लाख रुपैयाँ कामबाट बिदा हुँदा दिने भनिएको थिाये ।’ 

उनले भेटनरी भेटनरी सेवाको पसल खोलेर स्वरोजगार बन्ने चाहाना भएपनि रकम प्राप्त नभएकाले समस्या भएको बताएका छन् । ‘अहिले पालिकाले वास्तै गरेन’ उनले भने ‘हामीले कार्यालयमा औपचारिक निबेदन दिएको थियो, निबेदन उपर कुनै सुनुवाई भएन, अहिले गाउँपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षले उनको फोन सम्म नठाउने गरेको गुनासो गरेका छन् । 

यता नगरपालिकाका अध्यक्ष रविन्दप्रसाद्र लिङ्देनले सभा र पालिकाको बैठकले निर्णय गरेर बजेट छुट्याइसकेको बताउँदै दशैं बिदाका कारण ढिलो भएको बताए । उनीहरुले उक्त रकम चाँडै पाउने अध्यक्ष लिङ्देनले आश्वसन दिएका छन् ।