सुरुङ्गा । 

स्वतन्त्र नागरिक कार्य सम्पादन समुहले झापाको कनकाई नगरपालिका–३ मा निर्वाचन प्रचारप्रसारका लागि कार्यालय स्थापना गरेको छ ।  लौरो चुनाव चिन्ह प्राप्त गरेको स्वतन्त्र नागरिक समाजले बिहीवार (आज) एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरेको हो । 

स्वतन्त्र समुहले क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन मुल समितिको  सम्पर्क कार्यालय उद्घाटन गरेको हो । उक्र कार्यालयको उद्घाटन झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार युक्त भेटवालले गरेका हुन् । 

स्वतन्त्र नागरिक कार्य सम्पादन समुहका संयोजक शेरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार दलका नेताहरुले राजनीतिकलाई कम्पनी बनाएर आफ्ना आसेपासेलाई मात्र अवसर दिएकाले त्यसको सुधार गर्न स्वतन्त्र समुह जन्मिएको बताए । भेटवालले अहिलेको रानीतिक अवस्थाले किसान, मजदुर चिन्तित रहेको बताउँदै युवाशक्ति बिदेशिने र बिदेशमै ज्यान गुमानु पर्ने बाध्यता भएको बताएका छन् । उनले त्यो सुधार गर्न पनि स्वतन्त्र समुहका उम्मेद्वालाई जिताउन आवश्यक रहेको बताए । भेटवालले हारजीत जे भएपनि स्वतन्त्र समुह मंसिर ४ गते पछि अझ लोकप्रिय बन्ने बताएका छन् । 

कार्यक्रममा संयोजक शेरबहादुर थापाले हाम्रोलाई होइन राम्रोलाई साथ दिन आग्रह गरेका छन् । उनले लौरो चिन्ह यस अघिनै दर्ता भइसके पनि चुनावसम्मका लागि सम्झौता गरेर लिएको बताउँदै मंसिर ४ गतेपछि त्यो सम्झौता कार्यन्वय नहुने बताएका छन् । 

कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्य (क) उम्मेद्वार होमप्रसाद गौतमले पनि आफ्नो भनाई प्रस्तुत गरेका थिए भने प्रदेश (ख) का उम्मेद्वार केशव बजगाईको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन मुल समिति सचिव चन्द्रमोहन उप्रेतीले गरेका थिए । 

sher