झापा । 

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेतृत्वले ठुला क्रान्तिका सपना बाढेर १७ हजारले ज्यान गुमाउनुकोे उपलब्धी र कारण आज नेपाली जनताले खोजिरहेको बताएका छन् ।

बुधबार(आज) झापाको दमकमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनताले नेकपा माओवादीको नेतृत्वसँग के उदेश्यका लागि १७ हजार नेपाली जनताले ज्यान गुमाउनु परेको बताएका हुन् । उनले क्रान्तिका जनयुद्ध जस्ता बिभिन्न नाम दिएर ठुला ठुला सपना देखाएर यति नेपाली जनताले ज्यान गुमाउनु परेको हो ? आखिर यो सब केका लागि थियो स्पष्ट जवाफ दिनु पर्नेमा जोड दिए । मृत्यु हुने मात्र होइन वेपक्ता र घाइतेको अवस्था समेत उस्तै दर्दजनाक रहेको छ । 

माओवादी बिभिन्न गठवन्धन गरेर यिनको पीडा मर्म भावनामा चोट पुग्ने गरी आफ्ना नातागोता पोस्ने कमाउ धन्दामा लागेको बताए । क्रान्ति भनेर जनता उचाल्ने पार्टी नै सक्तामा पुगेपनि द्धन्दकालका कैयन घाइतेले उपचार नपाएर बसेका थिए । उनीहरुको नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि उनको उपचार र भक्ताको व्यवस्था गरिएको बताए । 

अध्यक्ष ओलीले अव देश विकासको जिम्मा एमालेले लिएको बताएका छन् । एमाले नेतृत्वको सरकार हुनु भन्दा अघि पनि विभिन्न सरकार बने पनि विकास निर्माणको गति एमालेले नेतृत्व सरकार भएपछि मात्र लिएको उनको भनाई छ ।

आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आयोजीत वृहत पार्टी प्रवेश कार्यक्रमलाई संवोधनका क्रममा उनले देशमा विकासको मार्ग रेखा एमालेलेनै कोरेको भन्दै बाँकि विकास निर्माणको कार्यभार पनि एमालेलेनै पूरा गर्ने पनि बताए । नेपालमा औद्योगीकरण, गरिवी निवारण, पर्यटन क्षेत्रको विकास जस्ता कुराहरुमा एमालेको अगुवाई रहँदै आएको भन्दै ओलीले आगामी चुनावमा एमालेलाई बिजयी गराई देश विकासको जिम्मा एमालेलाई दिएर ढुक्क हुन समेत उनले आग्रह गरे । 

 झापाको दमकमा आज बिभिन्न पार्टी बाट प्रबेश गरेका सयौँको सख्यामा नेता तथा कार्यकर्तालाई नेकपा एमालेमा प्रबेश गरेका छन् ।