झापा ।
झापा क्षेत्र नं–१ प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्मासहित गठबन्धन कार्यकर्ताहरुले बिहीबार(आज)काँकरभिट्टा–२, ५, १२ र भद्रपुर–९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री शर्माले सम्बन्धित वडाका घर–घरमा पुगेर मतदातासँग मत मागेका हुन् । सो क्रममा स्थानीयबासीले विश्वप्रकाशलाई संसदमा पु¥याउने प्रतिबद्धता जनाउँदै स्थलगत समस्याहरु राखेका थिए ।
घरदैलो अभियानका क्रममा काँकरभिट्टा २ र ५ बाहुनडाँगी क्षेत्रका स्थानीयबासीले हात्ती र सुकुम्बासी समस्या प्रमुख रहेको बताएका थिए भने कृषकका समस्यासँगै स्थानीयस्तरमा विकास निर्माणको आवश्यकताबारे पनि शर्मालाई जानकारी गराएका थिए ।
कांग्रेसको प्रवक्ता रहँदा तथा महामन्त्री भएपछि झापा क्षेत्र नं–१ को सडक निर्माण एवं सामाजिक रुपान्तरण, स्वास्थ्य सेवामा ब्यक्तिगत रुपमा तथा मेची अभियानमार्फत समेत पहल गरेका शर्माले स्थानीय समस्याहरुका बारेमा आफू जानकार रहेको बताउँदै समाधानका लागि पहल गर्दै जाने आश्वासन दिएका थिए ।
संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको बताउँदै शर्माले गठबन्धनका उम्मेद्वारहरुलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन आग्रह गरेका छन् । झापा क्षेत्र नं–१ प्रदेशसभा १ का उम्मेद्वार गोपाल तामाङ लगायत गठबन्धनका नेता÷कार्यकर्ताको उल्लेख्य उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
झापा क्षेत्र नं–३ का लागि प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेद्वार कृष्णप्रसाद सिटौलाले भद्रपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा शक्तिले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
३–७३ अर्थात ३ बर्षमुनीका बालबालिका र ७३ बर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क उपचार एवं युवाहरुलाई रोजगारीको अवसर सिर्जनाका लागि कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेका कार्यक्रम कार्यान्वयन गर्न गठबन्धनको जीत आवश्यक रहेको बताए । कार्यक्रममा क्षेत्र नम्बर–३ प्रदेशसभा–१ का उम्मेद्वार भूमिप्रसाद राजवंशीले पनि आफ्नो धारणा राखेका थिए ।
त्यसैबीच झापा क्षेत्र नं–४ अन्तरगत शिवसताक्षी–४, गौरीगञ्ज १ को महाभारा, २ को कोरोबारी र गौरादह–९ को बैगुनधुरामा घरदैलो अभियान एवं कोणसभा सम्पन्न भएको छ ।
सो क्षेत्रका विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं गठबन्धनका साझा उम्मेद्वार देउमान थेवेले झापा क्षेत्र नं–४ को शैक्षिक विकासका लागि विद्यालय भवन निर्माण एवं स्तरउन्नति, स्वास्थ्य, नदी नियन्त्रण एवं सडक निर्माण र स्तरउन्नतिका लागि आफ्नो पहलमा करेडौं बजेट भित्र्याएको जानकारी दिए। कोणसभामा झापा क्षेत्र नं–४ प्रदेशसभा क का उम्मेद्वार झलकसिंह दर्लामीले पनि आफ्नो पहलमा भएका विकास निर्माणका योजनाहरुबारे बताएका थिए ।
झापा क्षेत्र नं–२ अन्तरगत झापाको बुद्धशान्ति ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । क्षेत्र नं–२ का लागि प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार राना र क्षेत्र नं–२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनाली, समानुपातिक उम्मेद्वार पम्फा विक तथा गठबन्धनका कार्यकर्ताहरुले वडा नं–३ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । यसैगरी क्षेत्र नं–२, प्रदेशसभा–१ का उम्मेद्वार पुष्पराज पोखरेलसहित गठबन्धनका कार्यकर्ताहरुले विर्तामोड–७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
झापा क्षेत्र नं–५ का लागि गठबन्धनका उम्मेद्वार डा। खगेन्द्रपाण्डव अधिकारी र प्रदेशसभा–१ का उम्मेद्वार गगन पुरी सहभागी गठबन्धनका कार्यकर्ताहरुले दमक नगरपालिकाको १ नं र ३ नं वडामा घरदैलो एवं कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् । क्षेत्र नं–५ प्रदेशसभा–१ का उम्मेद्वार जीवन राईसहित गठबन्धनका कार्यकर्ताहरुले कमल गाउँपालिका–१ मा घरदैलो अभियान सम्पन्न गरेका छन् ।


















