• सुदीप गिरी

हल्दीबारी  । 

झापाको हल्दिबारी गाउँपालिकाले पहिलो पटक पुस ६ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । पालिकाले आगामी पुस ६ गते सार्वजनिक सुनुवाई कार्यक्रम हल्दीबारी गाउँपालिकामा गर्ने तयारी गरेको प्रमुख प्रसासकिय अधिकृत सुवास श्रेष्ठले बताए । 

सबैको संयुक्त सार्वजनिक सुनवाई कार्यक्रममा वडा कार्यालयहरू,  बिषयगत शाखाहरू, अध्यक्ष ,उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृतले जनताको चासो, गुनासो, सुझाव सल्लाहसहित उठेका सवालहरूमा जवाफ दिने र जवाफदेही बन्ने बनाउने उद्वेश्यले पुस ६ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तयारी गरेको प्रमुख प्रसासकिय अधिकृत श्रेष्ठले जानकारी दिए । 

उनले भने कार्यालयबाट भए गरेका कार्यहरूबारे  जानकारी गराउने, स्थानीयतहलाई खुल्ला, पारदर्शी, सुसासन कायम हुने र जनप्रतिनिधि, कर्मचारी र जनता बिच नजिकको सम्बन्ध कायम गर्न मद्दत मिल्ने, भएकोले यस कार्यक्रमको आश्यकता रहेको बताए ।

श्रेष्ठले सबै बिषयगत शाखाहरूले आ–आफ्नो शाखाबाट सञ्चालित योजना कार्यक्रमबारे उठेका सवालमा तथ्य सहितको जवाफ साथै वडाबाट भए गरेको कार्यक्रमबारे वडा सचिब र वडा अध्यक्षहरूलाई तयारी हुन निर्देशन समेत दिएको बताएका छन् ।