बिर्तामोड ।
बिर्तामोड कराँतेको आयोजनामा भएको प्रथम झापा जिल्ला स्तरीय कराँते प्रतियोगितामा पुल्चोक डोजो प्रथम भएको छ ।प्रतियोगितामा आयोजक टिम बिर्तामोड कराँते दोस्रो र झिलझिले डोजो तेस्रो भएको आयोजक समितिका अध्यक्ष सुदीप खवासले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरेको कार्यक्रममा झापाका १३ वटा पालिकाका विद्यार्थीको सहभागीता रहेका थियो ।
प्रतियोगितामा ३० केजी समूहदेखि ५० केजी तौल समूह सम्मका खेलाडीको सहभागीता रहेको थियो । एक सय ५० खेलाडी सहभागी रहेको प्रतियोगितामा पुरुष र महिला तर्फका खेलाडीहरुको छुट्टा छुट्टै प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलीमा झापा जिल्ला टेक्निकल कमिटी अध्यक्ष वद्री विष्ट, सीता राई, कृष्ण वस्नेत, ज्ञानेन्द्र राई, जीवन राई, अशोक राई, श्याम राई, दुर्गा उप्रेती, मुक्ति काफ्लेलगायत रहेका थिए ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दुर्गाराज निरौला, बिर्तामोड कराँतेका संरक्षक सिपी कडरिया, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण) प्रदेश कमिटी सदस्य वासु दुलाल, नेपाल भलिवल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्का, माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष कमलप्रसाद कडरिया, सचिव गणेश कालिकोटे लगायतको आतिथ्य रहेको थियो ।

















