भद्रपुर । 

आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघसंस्थासँग छलफल समपन्न गरिएको छ ।गोल्ड कप आयोजक समितिको आयोजनामा शुक्रबार (आज) मेची रंगशालामा भएको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, गैरसरकारी संस्थाको उपस्थिति रहेको थियो ।

छलफलमा बोल्ने अधिकांश वक्ताले स्थानीय संघसंस्थालाई छलफलमा बोलाएर धारणा राख्ने मौका दिएकोमा आभार व्यक्त गरे । त्यस्तै, गोल्ड कपलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गोल्ड कपको आयोजनाले मेची रंगशालाको मात्र नभई भद्रपुर नगरकै मुहार फेरिने उनीहरुको भनाइ थियो । फुटबल प्रतियोगिताको आयोजनाले भद्रपुर सजिँदै गएको र भद्रपुरको रौनकता फर्किंदै गएको सहभागी वक्ताको धारणा थियो ।

 छलफलमा गोल्ड कपका सल्लाहकार तथा नेपाल उद्योग वाणिजय महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदिपमणि रेग्मी, पतञ्जली नगर अध्यक्ष गणेश गिरी, देवकोटा स्मृति उपाध्यक्ष भवेन्द्र गौतम, सिद्धेश्वर महादेव लक्ष्मी घिमिरे, डायनामिक ग्रुपकी खगिन्द्रा खुसीले धारणा राखेका थिए ।

त्यस्तै, भद्रपुर १० का वडा अध्यक्ष टेकबहादुर खड्का काजी, मानवअधिकारका लागि एकल महिला नेतृ रेखा अधिकारी, पूर्वकर्मचारी धनप्रसाद शिवाकोटी, सतमिलन महिला समूहकी यशोदा कँडेल, साना हातहरु नेपालका विक्रम वाग्ले, ज्योति न्यौपाने, राजु दहाल, कञ्चना ढकाल, टिकाराम गुरुङ, भविन्द्र गौतम, अग्नि खड्का, रुद्र न्यौपाने, सानुकुमार लामा लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा स्वागत तथा उद्देश्यमाथि प्रकाश महासचिव जीवनकुमार श्रेष्ठले पारेका थिए भने सहभागीको जिज्ञाशाको जवाफ अध्यक्ष दिपेश ढकाल, उपाध्यक्षद्वय गौरव सुब्बा र डिल्लीराम घिमिरेले दिएका थिए । अध्यक्ष ढकालले छलफलको समापन गर्दै गोल्ड कपले समग्र भद्रपुरको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने धारणा राख्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए ।