बिर्तामोड । 

 नेकपा (माओबादी केन्द्र) बिर्तामोड ४ वडा कमिटको बिस्तारित बैठकले  समसामयिक राजनैतिक प्रस्ताब माथी छलफल गरी निर्णय गरेको छ । बिर्तामोडमा आइतवार (आज) बिस्तारित बैठकले वडाको केही जिम्मेवारीमा हेरफेर समेत गरेको छ । 

वडा उपाध्यक्ष पदमा  बर्तमान सचिब राकेशकुमार सिंहलाई सर्वसम्मत जिम्मेवारी दिने निर्णय गरेको छ  भने  सचिबमा  शंकर गौतम र सह–सचिबमा  सागर सापकोटालाई चयन गरेको छ । बिर्तामोड–४ को वडा कमिटी २९ सदस्यीयको रहेको छ ।

पार्टीका वडा नम्बर ४ का वडाध्यक्ष गोपी अधिकारीअध्यक्षतामा भएको विस्तारित बैैठकमा पार्टी प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण) प्रमुख आतिथ्य तथा प्रदेश कमिटी सदस्य बासु दुलालको बिशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अरुणले समसामयिक बिषयमा आफ्नो धारणा ब्यक्त गरेका थिए  भने बिशेष अतिथि दुलालले आगामी कार्ययोजना र पार्टीका नेता तथा कार्यकर्ताको जिम्मेवारी बिषयमा आफ्नो धारणा राखेका थिए । बैठकमा नगर अध्यक्ष मोहन सुब्बाले नगर कमिटीले  गर्नुपर्ने सागठानिक कामको बारेमा जानकारी दिएका थिए ।  

कार्यक्रममा पार्टीका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, नगर उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, नगर सचिव गणेश कालिकोटेलगायतको आतिथ्य रहेको थियो ।