• रन्जित परियार 

बुट्टाबारी । 

प्रतिनिधि सभा उप–सभामुख इन्दिरा राना मगरलाई गृह जिल्ला झापामा अभिनन्दन गरिएको छ । उप–सभामुख मगरलाई झापाको अर्जुनधारा नगरपालिकाका विभिन्न संघ सस्थाले अभिनन्दन तथा सम्मान गरेको हुन्। 

उनले पढेको बिद्यालय महारानीगञ्ज माध्यमिक बिद्यालय, मगरले स्थापना गरेको जुनकीरी सार्वजनिक प्राबि, अर्जुनधारा प्रेस क्लव, स्वच्छ समाजका लागि सामाजिक अभियान, नेपाल मगर संघ, नेपाल सन्थाल समूह, साहित्य चौतारी झापा, अर्जुनधारा जलेश्वर धाम समिति, देवनीया बस्ती बिकास समिति लगायत अभिनन्द तथा सम्मान गरेका छन् । 

३३ बर्षदेखी निरन्तर कारागारमा रहेका कैदीबन्दी र अभिभावकसँग रहेका बालबालिका र असाय बालबालिकाहरुलाई  आवाससहित शिक्षा र स्वास्थ्य प्रदान गर्दै आएकी राना अत्यन्तै सामान्य परिवारकी हुन् । स्कुल जाने उमेर पार गरे पनि तत्कालीन महारानीगञ्ज प्राबिमा कक्षा ५ मा भर्ना भै प्रथम स्थानमा उतिर्ण गरि शनिश्चरे माबिबाट एसएलसी उतिर्ण गरे पछि उच्च शिक्षा दमक हुँदै काठमाडौमा अध्ययन गरेकी हुन् ।  ३६ रुपैयाँ नहुँदा क्याम्पस भर्ना रोकिएको राना बताउँछिन् । 

राजनीति भन्दा सामाज सेवा कर्म ठान्ने उनी सदन मै नबोली नियम कानुन बनाउन नसकिने बताउदै राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष रबि लामिछानेले यो अवसर मिलाइ दिएको बताइन् । उनले एउटै क्षेत्र र नगरका सभामुख र उप–सभामुख भएकोमा गौरब गर्दै राष्ट्रिय कै प्रतिनिधित्व गर्दै सभामुखलाई राष्ट्रिय र जनताको समृद्धि र बिकासका लागि नीति निर्माण कार्यमा आफू सक्दो सहयोग र जिम्मेवारी बहन गर्ने बताइन् ।

कार्यक्रममा स्थानीय शिक्षासेवी हस्त परियार, कृष्ण पौडेल, झापा फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले, साहित्य चौतारीका सस्थापक देबिभक्त श्रेष्ठ, प्रधानाध्यापक मनबहादुर लिम्बु, बिब्यस अध्यक्ष बोलप्रसाद कोइराला, वडा अध्यक्ष खगेन्द्र इङ्गनाम, समाजसेवी शेरबहादुर थापा, भुपध्वज बस्नेत, लवकुमार कोइराला, मोहनकुमार योगी, सामाजिक अभियन्ता गणेश ढुंगाना पत्रकार रमेश समदर्शी तीर्थबहादुर रार्इ, जगतबहादुर मगर लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।