बिर्तामोड । 

मार्क्सवादी ज्ञान केन्द्रले १६ औं चरणको युवा लक्षित मार्क्सवादी कक्षा सञ्चालन हुने भएको छ । ज्ञान केन्द्रले आगामी माघ २१ देखि २७ गतेसम्म कक्षा सञ्चालन गर्ने भएको हो । माघ २१ देखि २७ गतेसम्म बेलुका ७ः४७ देखि ९ः४५ सम्म भर्चुवल माध्यम जुममार्फत कक्षा सञ्चालन हुनेछ ।

प्रत्येक कक्षामा फरक बिषय फरक ब्यक्तिले सहजीकरण गर्ने जनाइएको छ । सहजकर्ताको रुपमा इन्द्र आङ्वो मौसम, डा. विश्वमोहन, डा. शंकर खतिवडा, डा. जीवन अम्गाईं, सोमत घिमिरे, प्रा. डा. लेखनाथ शर्मा, निर्मला शर्मा रहेका छन् । 

युवा आन्दोलन र नेतृत्व विकास, विप्रेषणको सही सदुपयोग कहाँ र कसरी गर्ने ?, अनलाइनबाट आयआर्जन के–कसरी गर्ने ?, युवाका लागि वित्तीय साक्षरता, उद्यमशीलता र तुलनात्मक लाभका क्षेत्रहरू, आजको विश्व र समाजवादी शिक्षा, सामाजिक सञ्जालको व्यवस्थित प्रयोग कसरी गर्ने ? लगायका बिषयमा कक्षा सञ्चालन हुने जनाइएको छ ।