सुरुङ्गा । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कनकाई नगरले पहिलो पटक ब्याडमिटन प्रतियोगिता गर्ने भएको छ । प्याब्सन कनकाईको आयोजनामा आगामी माघ २३ र २४ गते ‘कनकाई नगरपालिका स्तरीय डबल्स ब्याडमिटन प्रतियोगिता २०७९’ हुन लागेको हो ।

झापाको कनकाई–९ घैलाडुब्बास्थित कवलहलमा गर्न लागिएको प्रतियोगिताका लागि प्याब्सनले तयारी शुरु गरेको मंगलबार (आज) सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी जानकारी दिएको हो । 

अभिभावक र बिद्यालयको सम्बन्ध सुमधुर बनाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको प्याब्सन कनकाई नगर अध्यक्ष बिनोद सुब्वाले जानकारी दिए ।

कनकाई नगरका संस्थागत बिद्यालयका अभिभावकले भाग लिन पाउने प्रतियोगिता सम्पन्न गर्न प्याब्सन कनकाई नगर सचिव मोहन थापाको संयोजकत्वमा तीन सदस्य उपसमिति गठन गरिएको पत्रकार भेटघाटका क्रममा जानकारी दिइएको थियो । कनकाई प्याब्सन नगर सल्लाहकार तथा उप–समितिको सदस्यमा डीआर सुवेदी र सागर चौहान रहेका छन् । 

pabbb

प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सहभागी सवै खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक थापाले जानकारी दिए । प्रतियोगितामा सहभागीले माघ २० गतेभित्र फारम भर्नु पर्नेछ ।  

२० भन्दा वढि टिमको सहभागीता रहने प्रतियोतिा सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ । उक्त खर्च कनकाई प्याब्सनले ब्यवस्थापन गर्ने जनाइएको छ ।