बिर्तामोड । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगरले राजनैतिक तथा सांगठानिक कार्ययोजना तथा बिभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । 

नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वाको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्य बुधवार (आज) बिर्तामोडमा बसेको तेस्रो विस्तारित वैठकले जिम्मेवारी बाँडफाँड गरेको हो । 

वैठकले नगर उपाध्यक्ष जेबी जबेगुलाई जवस÷ जातीय मोर्चा र विकास निर्माण, उपाध्यक्ष कमलप्रसाद कडरियालाई पार्टी स्कुलिङ तथा शिक्षक, बुद्धिजिवी, उपाध्यक्ष छाँया सिग्देललाई महिला बिभाग, कोषाध्यक्ष कृष्ण लिम्बुलाई युवा, सह–सचिव सन्दिप प्रसाईलाई बिद्यार्थी विभागको जिम्मेवारी दिएको छ । 

त्यस्तै आर्थिक बिभाग तथा लेबी ब्यवस्थापन, श्रम शिविर सञ्चालन, भूमिहीन सुकुम्वासी समस्या सम्बन्धि, नगर पार्टी कार्यालय स्थापना, नियमित पार्टीको बैठक प्रत्येक महिनाको ७ गते, उद्योग बाणिज्य विभाग र अनुशासन बिभागलगायतको राजनैतिक तथा सांगठानिक कार्ययोजना तथा बिभागीय जिम्मेवारी बाँडफाँड गरेको छ । 

mao

कार्यक्रममा प्रमुख अतिथि दर्लामी, पार्टीका प्रदेश सदस्य तथा झापा सह–इन्चार्ज ज्योतिसिंह दर्लामी, प्रदेश सदस्य निरु खतिवडा, अखिल नेपाल किसान संघ (क्रान्किारी) का नगर अध्यक्ष होम आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

स्वागत नगर उपाध्यक्ष कमलप्रसाद कडरियाले गरेको कार्यक्रम नगरका १० वटै वडाको राजनीतिक पार्टी अवस्था, सांगठानिक अवस्था र त्यसलाई सुधार गर्नु पर्ने साथै पार्टी र जनबर्गिाय संगठनलाई सक्रिय पार्नु पर्ने रिपोर्ट प्रस्तुत गरिएको थियो । 

कार्यक्रमा पार्टीका प्रदेश सचियालय सदस्य तथा झापा सह–इन्चार्ज सिपी कडरिया, पुरुपोत्तम चुडाल, खड्गबहादुर कन्दङ्वा, प्रदेश सदस्य बासु दुलाल, कुवेर श्रेष्ठ, सञ्चार नेम्वाङ, पार्टीका झापा संयोजक राजु आचार्य, वाइसिएल प्रदेश नं. १ अध्यक्ष कुमार आचार्य, वाइसिएल झापा अध्यक्ष दधिराम रिमाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव गणेश कालिकोटेले गरेका थिए ।