सुरुङ्गा ।  

झापाको कनकाईमा पालिका स्तरीय १३ औं  राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगिता हुने भएको छ । कनकाई नगर खेलकुद विकास समिति र कनकाई शिक्षा शाखाको आयोजनामा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७९ हुन लागेको हो । 

 प्रतियोगिता आगामी माघ २३ देखि  २६ गतेसम्म सन्चालन गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए ।

 प्रतियोगिता अन्तर्गत कबडी, एथलेटिक्स, भलिवल, टेवल टेनिस र मार्सल आर्ट विधामा आयोजना  हुने भएको छ । यसैबीच, प्रतियोगितामा नगरभरिका सामुदायिक र संस्थागत बिद्यालयलाई सहभागीता जनाउन आयोजकले आग्रह गरेको छ ।

प्रतियोगिता कनकाई माविको खेलमैदान, कनकाई ४ ईलुवाबारी बुद्ध चोकमा रहेको नयाँ खेलमैदान र कनकाई ३ मा रहेको ग्लोबल एडुकेयर एकाडेमीको खेलमैदानमा सञ्चालन गरिने छ भने  प्रतियोगिताको माघ २३ गते कनकाई माविको खेलमैदानमा उद्घाटन हुने जनाइएको छ । 

प्रतियोगितामा छनौट भएका खेलाडीलाई फागुन ९ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी गराईने छ भने उक्त जिल्लास्तरीय प्रतियोगिता कनकाई नगर खेलकुद समितिको विषेश पहलमा कनकाईमै आयोजना गरिने सहमति भएको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।