सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गामा १३ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट शुरु भएको छ । कनकाई नगर खेलकूद विकास समिति र शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा फागुन ९ देखि ११ गतेसम्म हुने जिल्ला स्तरीय खेल प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको हो । 

कनकाई माबि सुरुङ्गाको खेल मैदानमा सोमवार (आज) शुरु भएको प्रतियोगिता माघ २६ गते सम्पन्न हुने कनकाई नगर खेलकूद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले बताए । कनकाई नगर खेलकूद विकास समितिका अध्यक्ष जविन तिम्सिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

sill

स्वागत समितिका सदस्य गोबिन्द उप्रेतीले गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, कनकाई वडा नं. ३ का वडाध्यक्ष युवराज चम्लागाई, कनकाई माबिका सहायक प्रअ चन्द्र शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन समितिकी सदस्य उषा यदुका उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा कनकाई वडा नं. ४ का वडाध्यक्ष रोषन सुवेदी, वडा नं. ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाललगायतको उपस्थिति रहेको थियो ।