अर्जुनधारा ।

पर्यावरणबिद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गत निर्वाचनको झापा क्षेत्र नं. २ बाट प्रतिनिधसभा सदस्य पदका उम्मेद्वार रुप्रप्रसाद गिरीले राजनीतिक कर्मीले शासक नभई सेवक भएर कार्य सम्पादन गर्नु पर्ने बताएका छन् ।

पाम इकोटुरिजम एण्ड एग्रोटेक डेभलपमेन्ट इन्कर्पाेरेसन लिमिटेडका संस्थाक अध्यक्षसमेत रहेका गिरीले देशको विकाससँगै समुदायको हकहित, अधिकार र उत्थानका लागि राजनीतिक गर्नु पर्ने बताएका छन् । ‘राज्य र जनता गलत छैनन्’ पर्यावरणबिद गिरीले भने ‘कुनैपनि काम गर्दा कार्ययोजना नबनाई गरिएकाले समस्या आएको हो ।’ उनले नेपालको वातावरणीय, पर्यावरणीय, हिमाल, पहाड, तराई, खोलानाला, बनजङ्गल विश्वकै नमूना भएको बताए । तर, यसलाई कहिल्यै पनि ब्यवसायिक रुपमा प्रयोजनमा ल्याउन नसकेको गिरीको भनाई छ । 

गिरीले पर्यावरणको क्षेत्रमा गर्न काम गर्द धैरै रहेको बताउँदै त्यसका बिधि, प्रणाली र प्रबिधिलाई संगठित गरेर काम गर्नु पर्नेमा जोड दिए । उनले आगामी दिनमा वातावरण तथा पर्यावरण र कृषि क्षेत्रसँगै रास्व पार्टीको मञ्चलाई सुकिलो बनाएर जाने र त्यसलाई राम्रो, सुन्दर र शान्त मुलुकको चिन्तन गर्न लायक आफ्नो बिज्ञतालाई अझ सक्रिय बनाउने बताएका छन् । निर्वाचनका दिनदेखि हालसम्मका दिनको ग्याप भएको बताउँदै अब निरन्तर रुपमा जनताको माझमा रहने प्रतिवद्धता जनाएका छन् । 

गिरीले गरेको अध्ययन अनुसार समुदायमा भएको एउटै मात्र विकास, काम तथा समृद्धिले धेरै खुसी मिल्नेछ । सधैं राजनीतिक मुद्दामा देश अल्झिएको बताउँदै गिरीले भने ‘पद, पैसा र बैभव जस्ता कुराले राजनीतिक दल अल्मिलिनु हुँदैन’ उनले थपे ‘त्यसैले कहिल्यै पनि समुदायमा समुन्नती ल्याउन सक्दैन ।’ 

rudddd

उनले राजनीतिकमा फिकापन भएको बताउँदै भने ‘म फिका राजनीतिक गर्न जान्दिन र गर्दिन पनि, जनतासँग जोडिएर राजनीतिक गर्छु ।’ उनले राजनीतिकलाई बखान गर्ने भन्दा पनि फरक–फरक बौद्धिक ज्ञान, योग्यता, क्षमता र कुसलता भएका राजनीतिक कर्मीको खाँचो भएको बताएका छन् । गिरीले पैसा चाहिने तर, त्यो ब्यवसायिक र योगदानमा आधारित हुनुपर्ने बताए । 

उनको पाम कम्पनीमा एकसय २० बढीको समुह रहेको त्यसले ४० बिगाहाबढि जग्गामा कृषिजन्य बस्तु उत्पादन गर्दै आएको बताउँदै उक्त समुहले नेपाली मौलिक उत्पादनलाई जोड दिदै कृषिजन्य बस्तुको बृद्धि, प्रशोधन र वितरण प्रणालीको विकास गर्दै मेची–महाकाली, हिमाल, पहाड र तराई अभियान सञ्चालन गर्ने जानकारी दिए । तीनै तहका सरकार, स्थानीय र सरोकारवालासँग सहकार्य गर्दै अभियानलाई अगाडी बढाउने उनको भनाई छ । 

पर्यावरणबिद् गिरीले कृषिजन्य तरकारी घर–घरमा पुर्याउने योजना रहेको बताउँदै अभियानलाई पनि निरन्तरता दिने बताएका छन् । पर्यावरणबिद् गिरीको पाम कम्पनीले एकिकृत कृषि वाली उत्पादन, प्रसोधन र वितरण परियोजना, एकिकृत पशुपंछी माछापालन, उद्योग र वितरण परियोजना, एकिकृत पर्यापर्यटन विकास परियोजना, सामाजिक सुरक्षा र सामुदायिक सेवाका व्यवसायिक परियोजना, एकिकृत व्यवसायिक परियोजनाहरु विकास निर्माण सेवालगायतका कार्य गर्दै आएको छ ।