बनियानी। 

होलीफिल्ड इङलिस स्कुलको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर तथा बिज्ञान तथा कला प्रदर्शनी सम्पन्न भएको छ।शिक्षा, स्वास्थ्य, संस्कार समृद्ध समाजको पहिलो आधार विद्यालयको नारा रहेको होली फिल्डले  आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भुमिप्रसाद राजवंशी तथा कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । 

ओम साई अस्पतालका विशेषज्ञ डाक्टरहरुको टोलिले उक्त शिविरमा ३ सय ५० जनलाई निःशुल्क परिक्षण तथा औषधि बितरण गरेको विद्यालयका अध्यक्ष शुक्रराज लिम्बु किरणले बताए। प्रत्येक बर्ष सामाजिक गतिविधि गर्दै आएको होलिफिल्डले शिक्षा, स्वास्थ र संस्कारलाई महत्त्वका साथ अगाडि बडाउदै दक्षिण झापाका अति बिपन्न समुदाय भएको ठाउँमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेर उदारणिय काम गरेको छ ।

स्वास्थ शिविरका साथै बिज्ञान तथा कला प्रदर्शनको आयोजना गरेको होलिफिल्ड इङलिस स्कुल, जनता मावि, मोती मावि, विद्या निकेतन, कचनकवल विद्या मन्दिर, स्वर्णिम शिक्षा सदनलगायत विद्यालयका विद्यार्थीले प्रदर्शनीमा भाग लिएका थिए ।

विद्यालयका अध्यक्ष शुक्रराज लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रिन्पिल शिलास लिम्बूले गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका निर्देशक दिपेन लिम्बुले गगरेका थिए ।