बिर्तामोड। 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोड सेवा केन्द्र अन्तर्गत रहेका लघुवित सदस्यहरुका लागि भएको एकदिने सहकारी शिक्षा तथा होली मिलन कार्यक्रम अर्जुनधारा नगरपालिका ९ मा सम्पन्न भएको छ । 

 बिर्तामोड सेवाकेन्द्र सहयोग समितिका संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल क्षेत्रिय समितिका संयोजक धर्मेन्द्र भट्टराईले कार्यक्रमको औचित्यबारे प्रकाशपारेका थिए । 

उनले सहारा नेपालमा आबद्ध शेयर सदस्यहरुलाई सबै किसिमको सेवा सुविधाहरु उपलब्ध भएपनि अन्य सहकारी संस्थाहरुमा लागेर अन्योलमा परिरहेका सदस्यहरुलाई एउटै सहकारीमा आवद्ध हुन आग्रह गरे । करिब ८० जना शेयर सदस्यहरु सहभागी उक्त कार्यक्रममा संस्थाको वित्तीय अवस्था पारेमा अनुगमन कार्यालयका अनुगमन अधिकृत घनश्याम रायले सहारा नेपालको वर्तमान वित्तीय अवस्था बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्षेत्रीय समितिका सदस्य निर्मला भण्डारीले महिलाहरुले उद्यमशिलता कसरी हुन सकिन्छ भन्ने कुरामा जोड दिइन् । 

सोही अवसरमा लघुवित्त अन्तर्गत उद्यमशील महिला  सम्मान कार्यक्रम समेत गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता तथा उद्यमी लीलादेवी पौड्याल र उत्कृष्ट ऋणी उद्यमी अन्जुराई लाई कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय समिति संयोजक धर्मेन्द्र भट्टराईले सम्मानपत्र प्रदान गरेका थिए ।

सहारा नेपाल साकोसले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा तथा सदस्य सुनौ सदस्य बुझौं अभियान सञ्चालन गरेको छ । सदस्य शिक्षा कार्यक्रम अन्तर्गत बिर्तमोड सेवा केन्द्र का शाखा अधिकृत लक्ष्मी रिजालले संस्थाले अवलम्बन गरेका वित्तीय तथा प्रशासनिक सेवाहरुको बारेमा जानकारी गराइन् । कार्यक्रम बिर्तामोड सेवा केन्द्रका संयोजक कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपस्थित सबैलाई स्वागत सहयोग समितिका सदस्य युवराज चौहानले गरेका थिए ।  

सोही अवसरमा संस्थाका सञ्चालक कर्मचारी तथा शेयर सदस्यहरुको होली पर्वको अवसरमा होली मिलन कार्यक्रम समेत आयोजना गरिएको थियो ।