• बिमल भारती 

आज मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा नयाँ कपडा दिएर मनाइदैछ ।

सृष्टि कर्ताको अपमा पाएकी आमा लाग्छ मेरो लागि उनी जति यो संसारमा प्रिय कोही छैन । आमाको सम्मानका खातिर दर्जनौं उपमाहरु दिदै पनि आएइको छ । दुई अक्षरले निर्मित आमा शब्द विशाल छ। आमा जननी जन्मदाता र कर्मदाता हुन् । ९/९ महिनासम्म आफ्नो कोखमा राखेर हुर्काउने बढाउने लालन–पालन गर्ने पढाउने लगायतको कामहरू पनि आमाले नै गर्नुहुन्छ । सन्तानको खुशी र सफलतालाई नै आफ्नो खुसी र सफलता ठान्ने आमा आफुलाई बिर्सेर सन्तानलाई अगाडि बढ्ने बाटो देखाउने शक्तिपुञ्ज हुन् आमा ।

आमा, यो शव्द संसारको सबैभन्दा गरुङ्गो शब्द हो  । यो शब्द भित्र अर्थ खोज्नु मुर्खता हुनेछ, कुनै शब्दले यसको प्यास मेटाउछ न त अर्थ पूर्ण हुन्छ। आफ्नो आफ्नो तरिकाले अर्थ खोज्ने र अर्थाउने कोशिस भैइरहेकै छन् ।

आमाहरुले नौ महिना आफ्नो कोखमा राखेर आफ्नो दुध चुसाएर हुर्काउछन् । आफ्नो जीवनको श्री गणेश आमाको कोखमा हुन्छ तर बिडम्बना आज कतिपय आमाहरु सन्तानको हेयबाट बाचिरहेका छ्न् । कयौं आमाहरु सडकमा भौतारिएका कारण परोउपकारी सस्था मानव सेवा आश्रम लगायतका मनकारी सस्थाले उद्धार गरेर हेरचाह, स्यारसुसार गरेको देखेका छौ।  आमा निस्वार्थ पूर्वक आफ्ना सन्तानप्रति जति जिम्मेवार हुन्छिन्, सन्तान पनि जिम्मेवार हुनु आजको आवश्यकता हो ।

सबै आमाका सबै छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा दिने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

आमालाई सम्झन सम्मान गर्न कुनै दिन वा दिवस कुर्नुपर्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन। आमालाई आधार सम्मान हामी सदैव गर्न सकिन्छ र गर्नु नि पर्छ। जन्म दिने आमाले कदापि तिमीलाई नराम्रो होस, जतिसुकै गल्ति गरेपनि राम्रो तरिकाले हेर्छिन्। साच्ची नै संसारमा सदैव दुःख सुखिमा साथ दिने एकमात्र व्यक्ति हुन उनै आमा।

  • मलाई संघर्ष गर्दै बाच्न सिकायौ ।
  • बेदनाको धुनमा नाच्न सिकायौ ।।
  • तिमी त साच्चै महान छौ मेरी आमा । 
  • आफु रुदै मलाई हास्न सिकायौ। ।। 

आमा त्यो भूमि हो जुन आफै बंजर हुन्छ । तर, आफ्ना बच्चाहरूको राम्रो पालन–पोषण गरेर उनीहरूलाई राम्रो मार्गनिर्देशन गरेर र उर्वर भूमि जस्तै बनाएर सास लिन्छिन्। ‘आमा सँधै हाम्रो खुशी, तिम्रो खुशी भन्नु हुन्छ तर, उहाँलाई कुनै धन चाहिदैन, उहाँलाई आफ्ना बच्चाहरूको माया मात्र चाहिन्छ। आमा सँधै हाम्रो परिवार र हाम्रो सेवामा रातदिन व्यस्त रहनुहुन्छ तर उहाँ कहिले पनि भन्नुहुन्न कि म थाकेको छु वा म धेरै काम गर्न सक्दिन।’

बाल्यकालमा, उहाँ हाम्रो पालनपोषण गर्नुहुन्छ, हाम्रो हर अपरिपक्वतालाई वेवास्ता गरेर माफ गर्नुहुन्छ। आमा बिहान सब भन्दा पहिले उठ्नुहुन्छ, उहाँ हामीलाई समयमा खाना दिनुहुन्छ, समयमै स्कूल जानको लागि तयार गर्नुहुन्छ, दिनभर घरका सबै कामहरू गर्दछु, त्यसपछि जब हामी हाँस्दै घर फर्कन्छौं हाम्रो अवस्था–चाल र हामी सबै सुतेपछि उनी सुत्न जान्छिन् । एउटी आमाले मात्र यति ठूलो काम गर्न सक्दछन्।

पुरुषहरू संसारमा सबैभन्दा शक्तिशाली भनिन्छ, तर सबैभन्दा शक्तिशाली आमा हुनुहुन्छ । जसको साहस, स्नेह, निडरता, बुद्धिमत्ता, दया र प्रेम कोही पनि तिनीहरूको अगाडि उभिन सक्दैनन्। आमा ती हुन् जसले यो रोइरहँदा आँसुहरू पोछछिन् र एक मिनेटमा हाम्रो अनुहारमा मुस्कान ल्याउँछिन्। कहिले सोच्नुहोला किन आमाले हाम्रो लागि यो सबै गर्दछिन् ।  किनकि त्यसले हामीलाई मात्र माया गर्छिन् र केवल ऊ अरू संसार जस्तो छैन जसले तपाईंलाई स्वार्थको कारणले माया गर्छ। 

आमा हाम्रो पहिलो गुरु हुनुहुन्छ । उहाँ हामीलाई राम्रो शिक्षा दिनुहुन्छ र हामीलाई समाजको राम्रो नागरिक बनाउनुहुन्छ, उहाँ हाम्रो असफलता र सफलता दुबै पक्षमा उभिनुहुन्छ, हामीलाई मार्ग निर्देशित गर्नु हुनुहुन्छ, जब हामी निराश हुन्छौं तब उहाँ हाम्रो साथ आशाको किरणको रूपमा हिड्नु हुन्छ।

बिमल भारती

झापा नेपाल 

हाल दोहा कतार