झापा । 

सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) ‘एशिया महिला भलिबल च्यालेन्च कप २०२३’ भोलीदेखि काठमाडौंको त्रिपुरेश्वर स्थित कवड हलमा शुरु हुने भएको छ ।

 जेठ १५ गतेसम्म हुने प्रतियोगितामा आठ वटा देशका खेलाडीहरुको सहभागीता रहने नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काले जानकारी दिए । 

प्रत्येक २ बर्षमा हुने प्रतियोगितामा नेपाल, भारत, माल्दिप्स, श्रीलंका, बंगलादेश, उज्जेगस्तान, क्रिग्रीस्तान, काजकस्तानका महिला खेलाडीहरुको सहभागीता रहने जनाइएको छ । 

नेपाल भलिवल संघको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गर्ने जनाइएको छ । उक्त कप सन् २०२१ मा बंगलादेशमा भएको थियो ।