ज देशभरी विभिन्न कार्यक्रम गरी १६ औँ गणतन्त्र दिवस  मनाइदैछ । शब्दपत्र अनलाइनले गणतन्त्रको अवसरमा युवादेखि जेष्ठ नागरिकको बुझाए के –कस्तो रहेछ सवै क्षेत्रका र उपलब्ध भएसम्मका भनाई सामाजिक सञ्चालनबाट संकलन गरी यहाँ प्रस्तुत गर्न खोजिएको छ । गणतन्त्र दिवसको बारेमा उनीहरुको भनाई जस्ताको तस्तै राख्ने प्रयास गरिएको छ । 

काठमाडौंको टुँडिखेलमा  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले सोमबार बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रूपमा मनाएको हो ।

राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिम्लिसिना लगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

तर केही युवा देखि जेष्ठ सम्मले गणतन्त्र लाई कालो दिनको संज्ञा दिदै सामाजिक संजालमा आक्रोश येसरी पोखेका छन। हल्दिबारी गाउँपालिका पुर्व उपाध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता डम्बर गिरी लेख्छन् : आगामी निर्वाचनमा भोट बदलौ, सोच बदलौ गणतन्त्र दिवसको हार्दिक  शुभकामना

हल्दिबारी गाविस का पुर्व अध्यक्ष तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य मोहन रेग्मी लेख्छन् : १७०००ले ७ को सिफारीस गरो पालेले गेट खोलो बाहिर निष्कियो ब्याबस्था परिबर्तन भयो परमपरा उहीँ आयो । अब ज्यान मारा मुक्त कारागार बनाउ सरकार लेठइ साप । प्रहरी सँगठनले बिद्रोह गर्नु पर्छ न्याय मरेको देश होइन भन्ने कुराको सन्देश दिनु पर्छ । हत्यारालाइ आममाफी दिदै मुस्कुराए राष्ट्रपति । गणतन्त्र दिवसको नाममा ज्याजति गर्ने मुर्दबाद गणतन्त्र जिन्दबाद गणतन्त्र दिबसको उपलक्ष्यमा सम्पुर्ण आमा बुबा दाजु भाइ दिदी बहिनीमा शुभ कामना १ नारी हासे कि होलिन ७ नारी रोएका छन् । हजारौ नारी भाबबिहोल बनेका छन् तिम्रो स्वर्थसिद्द्द गर्न निर्दोष राष्ट्र सेबक बलिचड्नु पर्ने ।

नेकपा एमाले हल्दिबारीका सक्रिय युवा तथा अनेरास्ववियु हल्दिबारी गाउँकमिटीका पुर्व सचिव, सामाजिक अभियानकर्मी अभिषेक खतिवडाले यस्तो प्रतिक्रिया व्यक्त गरेका छन् । मुलुकमा हरेक व्यवस्थाको परिवर्तनसँगै, गुन्डागर्दी, हत्या हिंसा, भष्ट्रचार, कालोबजारीको अगुवाइ राजनीतिक नेतृत्व वा अगुवाबाट हुन्छ तबसम्म युबाहरुले पासपोर्टसँगै आफ्नो इमान पसिना र मेहनत बेचेर पैसा कमाउन अर्काकै मुलक जानू पर्ने अवस्था रहि रहदासम्म गणतन्त्रलाई खोइ के उपलब्ध मान्नु नागरिकका आधारभूत आवश्यक जनप्रतिनिधिको बहुमत, चिनजान, पैसाको लेनदेन र पावरको भरमा आधारित रहेको मुलुक हो यो। कार्यकर्तालाई संरक्षण गर्ने परिपाटीले नागरिक मारमा छन । अब नेता नेतृत्व सुधार्ने व्यवस्थाको खोजी गर्नुपर्छ कि बेलैमा पासपोर्ट पेस्नु पर्छ ।छि कालो गणतन्त्र उनले फेसबुकको प्रोफाइल पिक्चर नै कालो राखेर यस्तो समेत लेखेको भेटियो १६ औ गणतन्त्र दिवसको उपलब्धि अपराधी लाई आम माफी कालो दिन

नेकपा एमाले हल्दिबारी गाउँकमिटी अध्यक्ष त्रिलोचन सापकोटा लेख्छन् : यो तस्बिर हेर्नुहोस ।अनि गणतन्त्र न्याय, मरेको हो ? मेरो देशमा। गणतन्त्रको शुभकामना छैन मेरो ८० सालको 

नेकपा एमाले हल्दिबारी गाउँ कमिटी उपाध्यक्ष महेश मेचेले लेखेका छन्  : गणतन्त्रको उपलब्धि भनेको आम माफी रहेछ।जे होस सबैमा शुभकामना

शिक्षक अर्जुन भट्टराई हल्दिबारीबाट लेख्छन् : हत्यारालाई माफि दिएर आफ्नो चरित्र प्रष्ट पारेकोमा गठबन्धन सरकार सरकारप्रति खेद प्रकट गर्दछु।

जलथल खानेपानीका सदस्य कमल ओली लेख्छन् :  जस्को शक्ति उसको भक्तिलाई गणतन्त्र भनिँदो रहेछ कि के हो। यो तन्त्र को आशय यस्तै हो भने म चाई शुभकामना लिन्न पनि दिन्न पनि जेसुकै नाप्योस्

नेकपा एमाले समर्थक युवा डोलेश्वर ढुङ्गेल यस्तो भन्छन् उज्जन कुमार श्रेष्ठ का हत्यारा (अदालतबाट ठहर गरिएका) बालकृष्ण ढुंगेल र ऐले रेशम चौधरीलाई  आम माफी कानुनको गलत प्रयोग गरी रिहागर्ने सबै अपराधी हुन  कालो गणतन्त्र

दमकबाट हरि मिश्र लेख्छन् : देश ठुलो दुर्घटना बाट बच्यो ?? देशमा आगो बाल्नु परेन ?  गणतन्त्र को रस स्वादन गर्नेहरु  बिकासका सपना देखी रहेका छन ? गणतन्त्र ल्याउन ज्यान‌दिने हरु, बर्तमान  विगारेर, भबिष्य खोज्न हरियो पासपोर्ट बोकेर, विदेशिन हतार ‌छन् । मिश्रोलोजी,‌लाइ आज गणतन्त्र भनेको कागलाई बेल जस्तै लागेको छ । 

किसान दिपक वन हल्दिबारीबाट लेख्छन्  : 

यस्ता अबोध बाल बालिका एवं राष्ट्र सेवामा खटिएका निर्दोस प्रहरी दाजुभाईको हत्याका मतियार रेशम चौधरीलाई आम माफी दिन संबिधान भन्दा माथिका राष्ट्रपति देशलाई कङ्गाल बनाउने, भ्रष्टचारी नेता र झोले कार्यकर्ता जन्माउने कालो गणतन्त्र मूर्दाबाद

झापा घर भइ वैदेशिक रोजगारको शिलशिलमा विदेश रहेका युवा रुद्रबहादुर गिरी लेख्छन् : रेसम चौधरी  दिबसको हार्दिक सुभकामना

जगनाथ मिश्र लेख्छन् : किन शुभकामना र के का लागि शुभकामना ? राजनीतिक दादागिरी र नेताहरू उद्दण्डता हेर्दा गणतन्त्र दिवसको शुभकामना दिन असमर्थ भएको छु ।  यस्तै पारा रहने हो भने गणतन्त्र मुर्दाबाद भन्दै सडकमा निस्किनु पर्ने दिन नआउला भन्न सकिएन । 

सन्देश अर्याल लेख्छन् : गणतन्त्रको दिवस पारेर आम माफी पायका हरेक ब्यक्ति र छुटाउने कानुनका छोटे राजा हरुलाइ समग्रमा हार्दिक श्रदान्जली।  गणतन्त्र मान्छु तर हत्यारा माफी मतियारहरुको यो असह्य कानुन मान्दिन

भिम तिम्सिना लेख्छन् : वाह क्या गज्जब १७ हजार निर्दोष नागरिकको रगतमा आहाल खेलेर ल्याएको गणतन्त्रको सबैभन्दा  राम्रो पक्ष नै यहि हो।पार्टीको झण्डा  भिरेपछि अदालतले सजाय तोकेका हत्यारा,बलात्कारी,माफिया, भ्रष्टाचारी, दलालहरुलाई देशको नियम कानुन नलाग्ने तेरीमा टोक्ने हो।

दमकबाट चेतन मिश्र भन्छन् : आउनुहोस् सानालाइ ऎन अनि ठुलालाइलाइ चैन दिने गणतन्त्र दिवसको महान उपलब्धि भन्दै आजको सार्बजनिक बिदा सबै मिलेर मनाउ

हरि कृष्ण अधिकारी लेख्छन्  : यदि न्याय मर्छ भने ? भो चाहिएन मलाई गणतन्त्र