बनियानी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बनियानी सेवाकेन्द्रले सदस्यको ऋण मिनाहा गरेको छ । बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसले सदस्यको श्रीमानको मृत्युपछि तीन लाख १५ हजार रुपैयाँ ऋण मिनाहा गरेको सेवा केन्द्र प्रमुख नेत्रकुमार खड्काले जानकारी दिए । 

संस्थाकी सदस्य भद्रपुर १ पृथ्बीनगरकी बिमला लिम्बुका श्रीमान दलध्वज लिम्बुको मृत्यु भएपछि शनिवार एक कार्यक्रमकाबिच कर्जा मिनाहा गरिएको हो । 

समुहकी अध्यक्ष मनिषा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने भद्रपुर १ का न्यायिक समिति संयोजक कृष्णबहादुर तामाङको बिशिष्ट आतिथ्य रहेको थियो । आजको कार्यक्रमको ब्यवस्थापन समुह सञ्चालक कर्मचारीसाबित्रा राजबंशीले गरेकी थिइन् । 

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा संस्थाको बस्तुस्थितिका बारेमा  सेवा केन्द्र प्रमुख नेत्रकुमार खड्का प्रष्ट पारेको कार्यक्रमको सञ्चालन राजेन्द्र बराईलीले गरेका थिए ।