बिर्तामोड ।

रोजगारीकोे आकर्षक गन्तब्य बनेको दक्षिण कोरियामा जाने नेपाली युवा–युवतीलाई लक्षित गरेर झापाको बिर्तामोडमा भाषा प्रशिक्षण कक्षा सञ्चालनमा आएको छ ।

बिर्तामोड–४ स्थित भद्रपुर रोडमा सञ्चालनमा आएको बुसान सिटी कोरियन भाषा प्रशिक्षण केन्द्रको  बिहीबार (आज) कोशी प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरेका हुन् ।

२ बर्ष काठमाडौंमा कोरियन भाषा प्रशिक्षण दिएर ५ बर्ष कोरिया बसेर आएका दिलकुमार राईले उक्त प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् । आजदेदि सञ्चालनमा आएको उक्त भाषा प्रशिक्षण केन्द्रमा दक्षिण कोरिया जाने युवायुवतीलाई भाषा र त्यहाँको बातावरणका बिषयमा जानकारी गराइने जनाइएको छ । 

busan 1

सञ्चालक राईको अध्यक्षतामा भएको कोरियन भाषा प्रशिक्षण केन्द्रको उद्घाटन कार्यक्रममा स्वागत कोरियन भाषा प्रशिक्षक गोबिन्द दाहालले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कार्की, बिर्तामोड–७ का वडाध्यक्ष अबिरलकृष्ण खरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सरोज न्यौपानेले गरेका थिए ।

उक्त प्रशिक्षण केन्द्रमा दक्ष भाषा प्रशिक्षक मार्फत कक्षा सञ्चालन गरिने, बेसिक, एड्भान्स, मोडल प्रश्न, कक्षा सञ्चालन हुने, सिबिटी, युबिटी, पिबिटी मोडलमा परिक्षा गराइने जनाइएको छ । 

त्यस्तै अडियो, भिडियो मार्फत कक्षा सञ्चालन हुने, परिक्षाका लागि मात्र बिशेष तयारी कक्षा सञ्चालन गरिने सञ्चालक राईले जानकारी दिए । एक घण्टा ३० मिनेट कक्षा सञ्चालन हुने प्रशिक्षण केन्द्रमा बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन हुने जनाइएको छ ।