बनियानी ।

झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले चारलाख रुपैयाँ ऋण मिनाहा गरेको छ । सहारा नेपाल साकोस बनियानी सेवा केन्द्र मार्फत बुधवार (आज) एक कार्यक्रमका बिच उक्त रकम ऋण मिनाहा गरिएको बनियानी सेवाकेन्द्र प्रमुख नेत्रकुमार खड्का जानकारी दिएका हुन् । 

सहारा नेपाल साकोसले मृतक सदस्य बुद्धिसरी गणेश र राधालाल गरेको परिवारको ऋण मिनाहा गरिएको हो । उनीहरुका छोरा पारस गणेशलाई उक्त रकमबापतको चेक हस्तान्तरण गरिएको जनाइएको छ । 

समूहकी अध्यक्ष समिता गणेशको अध्यक्षतामा भएको कार्यक्रममा कचनाकवल गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मोहम्म्द नुर आलमको प्रमुख आतिथ्य तथा निवर्तमान वडाध्यक्ष  महेशलाल गणेशको बिशेष आतिथ्यमा भएको कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । 

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश सेवा केन्द्र प्रमुख  नेत्रकुमार खड्काले प्रकाश पारेको कार्यक्रमको सञ्चालन कर्मचारी राजेन्द्र बराईलीले गरेका थिए ।