बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छिन् । ५९औँ राष्ट्रिय वाल दिवसका अवसरमा शुक्रवार नगरपालिकाले ‘बालबालिकामा लगानी सुनिश्चित भविश्यको थालनी’ शिर्षकमा गरेको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत छात्रा आचार्य प्रथम भएकी हुन् । 

 प्रतियोगितामा तक्षशिला स्कुलकी कक्षा ९ की छात्रा निज्रा मेचे द्वितिय, कोहेड कलेजकी कक्षा १२ की छात्रा प्रज्ञा ढुंगेल तृतिय र ईडेन गार्डेन आवसीय माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रनिशा मोहारा सान्तवना भएका छन् । 

प्रतियोगिताका विजेताहरुले क्रमश पाँच हजार, चार हजार, तीन हजार र एक हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरे । विजेताहरुलाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकास शाखा प्रमुख यमुना आचार्य, महिला विकास निरीक्षक पुष्पा कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।  

प्रतियोगितामा १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा मेचीनगरका शिक्षक दामोदर ढुङ्गेल र मिलनकुमार ढुङ्गाना रहेका थिए ।  कार्यक्रममा कार्यपालिका सदस्य सीता ढुङ्गाना, शर्मीला राजवंशी र लक्ष्मिा खतिवडाको पनि उपस्थिति रहेको थियो । 

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सुनिश्चित भविश्य निर्माणको लागि राज्यले शिक्षामा ध्यान दिनु पर्ने बताए । उनले कक्षा १२ उत्तिर्ण हुने वित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेशिने गरेको भन्दै यो देशका लागि दुर्भाग्य भएको धारणा राखेका थिए