बिर्तामोड । 

कोशी प्रदेश नाम खारेजीको माग राख्दै आएका पहिचानवादीहरुले बिर्तामोडमा युवा दस्ता घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले एक हजार ५ सय १ जनाको युवा दस्ता घोषणा गरेको हो ।

सामी पालुङ्वाको संयोजकत्वमा घोषणा भएको युवा दस्ताको सह–संयोजकमा सुमन सम्बाहाम्फे, कर्ण राजवंशी रहेका छन् भने सदस्य सचिवमा गौरीमान राई रहेका छन् ।

yuwa dastabej

बिर्तामोडमा शनिवार युवा दस्ता घोषणापछि घरेलु हतियार लठ्ठीसहितको जर्सीधारी युवाहरुलाई बिर्तामोडमा मार्चपास गराईएको थियो । कोशी प्रदेश खारेजीको नारामा हातमा लठ्ठी उचाल्दै उनीहरुले मार्चपास गरेका थिए ।

कोशी प्रदेशको चारवटा जिल्लामा पहिचानवादीहरुले युवा दस्ता गठन गरेको जनाइएको छ । मार्चपासपछि बिर्तामोडको अधुवा पुलछेउमा कोणसभा गरिएको थियो । सभामा विभिन्न जातीय संस्थाका अगुवाहरुले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।