मोरङ ।

मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

शनिबार स्थानीय घनश्याम माझिको १२ बर्षीया छोरी समिक्षा माझी र मनोज खवासको १० बर्षिया छोरी रेजिना खवास घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्याउना साथ डाक्टरले मृत घोषित गरेका थिए  ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।