चन्द्रगढी । 

झापाको भद्रपुर वडा नम्बर ९ मा सोमबार सामुहिक विश्वकर्मा पूजासँगै ‘तीज मिलन’ कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर–९ मा सामाजिक गतिबिधि गर्दै आएको देवकोटा युवा क्लवको आयोजनामा सांस्कृतिक प्रस्तुतीसहित उक्त कार्यक्रम सम्पन्न भएको हो । 

सो अवसरमा आयोजित प्रतियोगितात्मक सास्कृतिक कार्यक्रममा देवकोटा जेष्ठ नागरिक समुह प्रथम, लगनसिल महिला समुह दोस्रो, सरस्वती भजन समुह तेस्रो र मुनाल भजन समुह सान्त्वना भएका छन् । 

सोही कार्यक्रममा स्पन्चबाट बोतलमा पानी भर्ने खेलमा बसन्ती श्रेष्ठ प्रथम, शिला श्रेष्ठ दोस्रो र रमिला भण्डारी तेस्रो भएका छन् भने म्युजिकल चेयर खेलमा सर्मिला भट्टराई प्रथम, लक्ष्मी निरौला दोस्रो र संगिता कट्टेल तेस्रो भएका छन् साथै हन्डी फोर खेलमा बिन्जु बुढाथोकी विजयी भएकी छन् । 

भद्रपुर–९ का वडाध्यक्ष राम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम प्रमुख अतिथि दाहाल र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष दुर्गा प्रसाद भट्टराईले तीजको मौलिक र सांस्कृतिक महत्व बारे चर्चा गरेका थिए भने देवकोटा युवा क्लबका सल्लाहकार संयोजक राजु बरालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । 

देवकोटा युवा क्लवका अध्यक्ष दिवाकर मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रन्जिता बस्नेत चौहान र सञ्चालन राजेश निरौलाले गरेका थिए ।