बिर्तामोड । 

नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको प्रथम जिल्ला अधिवेशन यही असोज ११ गते गरिने भएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँ लिम्बूको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटीका अध्यक्ष गणेशबहादुर बस्नेतको उपस्थितिमा आज दमकमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

महासंघ झापाका अध्यक्ष प्रल्हादमणि ओलीको अध्यक्षतामा भएको बैठकले प्रत्येक पालिकाबाट प्रतिनिधिहरु छनोट गरी पठाउन मातहत कमिटीलाई सर्कुलर गर्ने, अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको जिल्ला उपाध्यक्ष पर्वत कार्कीले जनाएका छन् ।

अधिवेशन सम्पन्न गर्न नेकपा एमाले झापा जिल्ला कार्यालयको सभाहललाई स्थान तय गरिएको जनाउँदै प्रथम अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गरिने उपाध्यक्ष कार्कीले बताए ।