अर्जुनधारा । 

प्रस्तावित शिक्षा बिधेयकप्रति असन्तुष्टि हुँदै शिक्षकहरुको छाता सगठन नेपाल शिक्षक महासंघ अर्जुनधाराले संसोधन गर्न र आफ्नो मागप्रति सरकारलाई ध्यानाकर्षण गराएको छ । 

नेपाल शिक्षक महासंघ केन्द्रिय समितिद्वारा देश भरिबाट काठमाडौ माइति मन्डेलामा असोज ३ गतेबाट शुरु भएको आन्दोलनमा शिक्षकको माग सम्बोधन नहुन्जेल स्थानीय तहमा पनि नेपाल  शिक्षक महासंघ अर्जुनधाराले निरन्तरता दिने समिति सदस्य रन्जित परियारले बताए । 

आफ्नो माग राख्दै स्थायी, करार अस्थायी, राहत, अनुदान शिक्षक, बाल शिक्षक र कर्मचारीहरुले शनिश्चरे माबि हुँदै जेष्ठ चौतारी शनिश्चरे बजारमा कोणसभा गरि अर्जुनधारा नगरपालिका हुँदै शनिश्चरे माबिमा समापन भएको थियो । कार्यक्रममा अर्जुनधारा नगरका २८ वटै बिद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सडकमा आन्दोलन गर्न  शिक्षकहरुको रहर नभएर बाध्यता भएको र सरकारले शिक्षकहरुलाई दिदै आएको सुबिधा कटौती गर्ने र अस्थायी प्रकृतिका धेरै किसिमका शिक्षकहरुलाई सहमतिको आधारमा स्थायी गर्नु पर्ने बिद्यालय कर्मचारीहरुको दायित्व संघिय सरकारले दायित्व लिनु पर्ने, बालशिक्षकहरुलाई प्राथमिक तृतीय श्रेणीको शिक्षक सरह दरबन्दीमा लानु पर्ने, अस्थायी प्रकृति शिक्षक स्थायी भए पेन्सन प्रयोजनका लागि अस्थायी सेवा अवधी गणना हुनु पर्ने, शिक्षकको तलब भक्ता ग्रेड निजामती कर्मचारीको भन्दा कम हुनु नहुने, शिक्षक सरुवाको अधिकार स्थानीय तहमा दिन नहुने शिक्षकलाई दिदै आएको औषधि उपचारको थप रकममा कटौती गर्न नहुने, शिक्षा सेवा आयोगले उमेर हद र योग्यतामा बिचार गर्नुपर्ने माग राख्दै बिद्यालय बन्द भएपनि बिदाको दिन समेत अध्यापन गराइने विद्यार्थी र अभिभावकहरुलाई एक्यवद्धता जनाइ सहयोग गर्न सवैमा आग्रह गरिएको छ । 

साथै चाँडै बार्ता टुङ्गो लाग्ने  भए बिद्यालय संचालन रहने समेत कोणसभामा प्रधानाध्यापकको तर्फबाट बिनोद गौतम, बाल शिक्षकको तर्फबाट गोमा पनेरु, राहत शिक्षकको तर्फबाट भोजराज फुयाल, समितिका सदस्य टंक न्यौपाने, बिद्यालय ब्यवस्थापन समिति शनिश्चरेका अध्यक्ष डिल्लीराम दाहाल, आन्दोलन परिचालन संयोजक टंकप्रसाद आचार्य लगायतले बोलेका थिए ।  कार्यक्रमको सहजीकरण शिक्षक दिपक भण्डारीले गरेका थिए ।