काठमाडौं ।

 सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएपछि आन्दोलन फिर्ता भएको छ ।  शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएपछि आन्दोलनरत शिक्षकहरुको आन्दोलन फिर्ता भएको हो । 

 सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको र शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने बताइएको छ । 

विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालन सम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहमति भएको छ ।

सहमतिलाई ड्राफ्ट गरी पूर्णता दिने कार्य भइरहेको बुझिएको छ ।  सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।