बिर्तामोड । 

पढाईसँगै समाजमा रचनात्मक अतिरिक्त कृयाकलापगर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्ट परिवारले ‘आदर्श चिन्तन’ मार्फत विशेष कार्यक्रम सम्पन्न गरेको छ। 

छात्रा बिद्यार्थीको क्षमता, ब्यक्तिगत बिकास, बोल्ने–हिड्ने शैली, आत्मबिस्वास, महिला ससक्तिकरण जस्ता विषयमा आदर्श चिन्तन कार्यक्रम कार्यक्रम गरिएको हो । 

नेपालकै चर्चित कार्यक्रम प्रस्तोता तथा सन २००५ कि मिस नेपाल सुगारिका  केसीले आदर्श चिन्तका बिषयमा आफ्नो धारणा राखेकि थिइन् ।   कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी केसीले महिला हरुले आफूसँग भएको जुनसुकै क्षमतालाई अवसरको रुपमा लिनुपर्ने उनले बताएकी छिन्।

कलेज कि एकाडेमिक को–डिनेटर बिजया भण्डारीको अध्यक्षतामा भएको आदर्श चिन्तन कार्यक्रममा कलेजकि बेकेरी बिभाग प्रमुख अनुसा ढकाल खरेलले स्वागत तथा औचित्यमाथि प्रकाश पारेकी थिइन् ।  कार्यक्रमको सञ्चालन कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख दीपक दासले गरेको कलेजका एभेन्ट म्यानेजर किरण बस्नेतले जानकारी दिए । 

सुरुवाती कोठा नेपाल, आदर्श ब्याङ्केट, पाटा स्टुडेन्ट च्यापटर लगायतको सहकार्यका कार्यक्रम सम्पन्न भएको थियो।