झापा  । 

महेन्द्र माध्यमिक विद्यालय झापा गाउँपालिका ५ पन्थापाडामा विद्यालय व्यवस्थापन समिति चयनका लागि मतदान भएको छ ।दुई महिला सहित चार जना सदस्य छनौटाका लागि भएको निर्वाचनमा महिला तर्फ देवकी राजवंशी मण्डल र सुशीला वास्की चयन भएका छन् । महिला सदस्यका लागि तीन जनाको उम्मेद्वारी परेको थियो । जसमा  फूल कुमारी राजवंशी पराजीत भइन् ।

यता खुल्ला सदस्यका लागि समेत तीन जनाको उम्मेद्वाारी परेको थियो । जसमा शंकर कुमार ठाकुर र महमद अली निर्वाचित भएका छन् भने धनन्जय प्रसाद राजवंशी पराजीत भए ।

विद्यालय व्यवस्थापन समिति सदस्य छनौटका लागि २ सय ४४ जनाले मतदान गरेका थिए । विद्यालयका कुल मतदाता २ सय ८१ रहेका छन् । खसेको मत मध्ये तीन मत वदर भएको निर्वाचन उपसमिति सदस्य एसएलवी कटुवालले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति छनौटाका लागि गोपाल प्रसाद गणेशको संयोजकत्वमा निर्वाचन छनौट उपसमिति बनाइएको थियो ।  छनौट समितिमा सदस्यमा उमाराम रिजाल, संसाद आलम, कविता कुमारी गणेश र एसएलबी कटुवाल रहेका थिए । यो विद्यालयमा ४ सय ८५ विद्यार्थी अध्ययनरत रहेका छन् ।

व्यवस्थापन समिति छनौटका लागि भएको निर्वाचनमा झापा गाउँपालिकाकी कार्यवहाक अध्यक्ष अन्जुदेवी थपलिया, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, वडानम्वर ५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशी लगायतको उपस्थिति रहेको  विद्यालयका नि.प्रधानााध्यापक समेत रहेका  गोपालप्रसाद गणेशले जानकारी दिए ।