सुनसरी ।

६८ औ प्रहरी दिवशको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको छ ।

सुनसरीको धरान उप–महानगरपालिका–१६ मा रहेको श्री भगवती आधारभुत  बिद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी संघकी अध्यक्ष बास्तोला लगायत संघका पदाधीकारीहरुले बिद्यालयमा अध्ययनरत ९० जना बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरेका हुन्।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तररुपमा यस्ता कार्यक्रमहरु संचालन गरिरहेको छ । कार्यक्रममा स्थानिय जन प्रतिनिधीहरु, संचारकर्मीहरु, बिद्यालयका पुर्व बिद्यार्थीहरु तथा स्थानियवासीहरुको समेत उपस्थिति रहेको थियो ।