दमक । 

झापाको दमकमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको शाखा सञ्चालनमा आएको छ । बिर्तामोड शाखा स्थापना भएको ९ औं बर्षको अवसर पारेर एक्सपर्टले नेपालको २० औं शाखाको रूपमा आइतवार (आज) देखि एक्पर्ट एजुकेशनको शाखा सञ्चालनमा ल्याएको हो । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले एक्पर्टको दमक शाखाको उद्घाटन गरेकी हुन् । 

अस्टे«लियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले अस्टे«लिया लगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई परामर्श र भिषाका लागि प्रक्रियामा सहजीकरण गर्दै आएको छ ।

माई पश्चिमका बिद्यार्थीलाई सहज बनाउने उदेश्यले शाखा सञ्चालनमा ल्याइएको संस्थाका नेपाल डाइरेक्टर ख्यामराज संग्रौलाले बताए । एक्सपर्टको विश्वभरका २० वटा मुलुकमा शाखा रहेको र आज दमकमा उद्घाटन भएको शाखा ६२ औं शाखा भएको एक्सपर्ट बिर्तामोड शाखाका प्रमुख कृष्ण खतिवाडाले जानकारी दिए । विश्वभर एक्सपर्टले ४ हजार जनालाई रोजगारी दिएको बताउँदै संग्रौलालले नेपालमा ८०० जना कर्मचारीले सेवा प्रदान गर्दै आएको बताए ।

बिद्यार्थीहरुलाई  पहिलो दिनदेखि सेटलमेन्टसम्म सहजिकरण गर्ने गरिएको उनले बताए । हुनेलाई हुने नहुनेलाई नहुने भनेर बिद्यार्थीलाई प्रष्ट पारेर काउन्सिल गर्ने गरिएको उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भट्टराई, राप्रपा झापा अध्यक्ष केशव ओझा, दमक–५ का अध्यक्ष इन्द्रबहादुर गुरुङ, आस्था कलेजका प्रमुख टेकनाथ भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । एक्पर्टका सिइओ ख्याम संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत अभिचन्द्र प्रसाईले स्वागत गरेका थिए भने सञ्चालक सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।