झापा । 

झापाको बिर्तामोड–३ मा सञ्चालित आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ का बिद्यार्थीलाई  स्वागत तथा दशैं विशेष कार्यक्रम सम्पन्न गरेको छ।

झापाका विद्यार्थी माझ सदैब रचनात्मक र पृथक कार्यक्रम गरि स्थापित आदर्श स्कुलले यसै कार्यक्रममा होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा पूर्वी नेपालको झापामै अग्रज शिक्षक निरज श्रेष्ठलाई सम्मान गरेको छ। उनलाई दोसल्ला, मेडल  र सम्मान पत्रसहित सम्मान गरिएको थियो । 

सम्मानित श्रेष्ठ होटेल ब्यावस्थापन सकायका झापा अग्रिणि शिक्षक मानिन्छन्। दशैं विशेष तथा कक्षा ११ का विद्यार्थीलाई उक्त अवसरमा विभिन्न विधामा अग्रता हासिल गरेकोमा सम्मान समेत गरेको थियो। स्कुलका सस्थापक तथा डाइरेक्टर सन्जोग खरेलको अध्यक्षता भएको कार्यक्रम स्कुल कि एकाडेमिक कोर्डिनेटर बिजया भन्डारीले स्वागत गरेकी थिइन ।

कार्यक्रममा निदि क्यापसका प्रमुख रन्जित शाह, युवा होटेल ब्यावसायी सौरभ प्रसाईं, स्कुलका शिक्षकहरुको आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थीले विभिन्न नाचगान, नाट्क जस्ता प्रस्तुति गरेको स्कुलका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिए।