बुट्टावारी ।  

बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखाको पुस्तकालय उद्घाटन भएको छ । स्थानीय तह अन्तर्गत अभिभावक, युवा, विद्यार्थीहरुले सहजै राष्ट्रिय अन्तर्राष्ट्रिय पुस्तकहरु साथै नेपालको संविधान, कानुनी ज्ञान, साहित्य कविता, लेखहरु जीवन उपयोगि लगायतका पुस्तकहरु सहजै प्राप्त गरि अध्ययन गर्न सक्ने  उदेश्यले पुस्ताकलय स्थापना गरिएको हो । 

पुस्ताकलय करिब २३ लाख रुपैयाँको लागतमा निर्माण भएको बन्दी सहायता नेपालकि बर्तमान केन्द्रिय अध्यक्ष सुवानी आले मगरले बताइन् । भवन तथा पुस्तकालयलाई स्थापना गर्न सहयोग गरेपनि सदैव जिबित राख्न स्थानीय संचालक र पाठकहरुकै महत्त्वपूर्ण भुमिका रहने र आउँदा दिनमा अझ राम्रो योजनाहरु आए सहयोग गर्ने सिटि किट् सस्थाका अध्यक्ष अमेरिकी निवासी स्टेपन वालेनले बताएका छन् ।  

सस्थामा सदैव क्रियाशिल रहनु पर्ने, प्रत्येक योजना तथा कार्यक्रमबाट सेवाग्राहीले लाभ पाउनु वा लिन सक्नु पर्ने प्रतिनिधि सभा उपसभामुख माननीय इन्दिरा राना मगरले बताइन् । उनले ३३ बर्षको अनुभवमा यो सस्थाको आफु सस्थापक भएको र हाल प्रतिनिधि सभाको उप–सभामुख भएपछि सस्था सन्चालन समिति छुट्टै भएको उनको भनाई थियो । संघीय प्रतिनिधि सभाका सहसचिब एवम् प्रवक्ता एकराम गिरीले कानुनी पुस्तकहरु प्रदान गरेका थिए ।

उनले आफु स्वयंसेवकको रुपमा रहि अहिले पनि कैदी बन्दीहरुका नानीबाबुहरुको लागि आवास सहितको शिक्षा लगायतको कार्यक्रममा केही सहभागी रहने र केहि समय नानिबाबुहरुसँगै रहने गरेको बताइन् । प्रमुख अतिथिका रुपमा पुस्ताकालयको उद्घाटन गर्दै उपसभामुख मगरले उक्त पुस्तकालय सबैको अध्ययन केन्द्र रहने बताएकी छिन् । 

पुस्तकालय उद्घाटन कार्यक्रममा वडाध्यक्ष खगेन्द्र इङ्गनाम, पूर्व वडाध्यक्ष भैरब खडका, शिक्षासेवि हस्त परियार, चलचित्र निर्माता निर्देशक उदय सुब्बा, महारानीगन्ज माबिका अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक मनबहादुर लिम्बू, समाजसेवी ओमनाथ भण्डारी, मनोज गौतम, प्रेमराज घिमिरे अमेरिकी निवासी स्टेपन वालेनलगायतले पुस्तकालय तथा बिजय दसमी,दिपावली र छठको समेत शुभकामना व्यक्त गरेका थिए । सोही कार्यक्रमकाबिच सहगोगी दाता र अतिथिहरुलाई कार्यक्रमका अध्यक्ष जगतबहादुर मगरले धन्यवाद व्यक्त गरेका थिए ।  स्वागत कार्यक्रम संयोजक अर्पण राना र सहजीकरण सचिव रन्जित परियारले गरेका थिए ।