• सुदिप खवास 

बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–५ मा सञ्चालित एमिटी माध्यमिक बिद्यालयले देउसीभैलो वापत संकलित रकम केहीदिन अघि जाजरकोटमा आएको भूकम्पबाट पिडीत बनेकालाई सहयोग गरेको छ ।  

गत तिहारको अवसर पारेर एमिटी बिर्तामोडका शिक्षक तथा बिद्यार्थीहरुले सयुक्त रुपमा देउसीभैलो कार्यक्रम गरेर संकलित ११ हजार ५११ रुपैयाँ भुकम्प पिडितहरुको लागि प्रधानमन्त्री राहत कोषको खातामा सहयोग स्वरुप प्रदान गरेको हो । 

देशमा युवा तथा बिद्यार्थीहरु बढ्दो रुपमा वैदेशिक रोजगार तथा अध्ययनको लागि बिदेश पलायन भैरहेकोले समसामयिक बिषय बस्तुहरुलाई सुर र ताल दिएर देउसीभैलो कार्यक्रम गरेको एमेटी माध्यमिक विद्यालयका प्राचार्य आर.एस. ढकालले बताएका छन् ।

बिद्यालय परिसरमा भएको देउसी कार्यक्रममा शिक्षक बिद्यार्थी गरेर करिब ४०० जनाको सहभागीता रहेको कार्यक्रमबाट संकलन भएको जम्मा ११ हजार पाँच सय ११ रुपैयाँ रहेको बिद्यालयका को–अडिनेटर टीकादेबी ढकालले जानकारी दिइन् ।

देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोटस्थित रहेका भुकम्प पिडीतहरुको निम्ति प्रधानमन्त्री राहत कोषको खाता नम्बरमा सहयोग स्वरुप प्रदान गरिएको बिद्यालयका एकाडेमिक इन्चार्ज अशोककुमार गणेशले बताए ।