• किशोर ढुङ्गेल

गणतन्त्र स्थापनाको १५ वर्षपछि समेत घरिघरि नेपाली समाज र राजनीतिक वृत्तलाई राजतन्त्रको नोस्टाल्जियाले सताइ रहन्छ । कहिले कमल थापा त कहिले राजेन्द्र लिङदेनले राजनितीक रोटी सेक्दै आएको यो मुद्दा अहिले झापाली मेडिकल व्यवसायी तथा पूुर्व ऐमाले केन्द्रीय सदस्य दुर्गा प्रसाइले हाइ ज्याक गरेका छन ।

उनले बाघको स्वरुपमा गर्छु भनेको मंसिर ७ को कार्यक्रम तीन दिन भित्रै सिथिल वनेर मुसाको स्वरुपमा आइपुगेको छ । दुर्गा प्रसाईं र महेश वस्नेत त एकअर्काको प्रतिकारको लागि भुइँ मै झरेर गालि गलौचमा उत्रिए । प्रसाइको व्यवसायिक एवम राजनितीक यात्रालाई नजिकवाट देख्नेहरु कांग्रेस, माओवादी, एमाले हुँदै राजावादी वनेका प्रसाईं कुनै वादी नभएर अवसरवादी भएको वताउँछन् ।

गणतन्त्रको वारेमा चर्चा गर्दै गर्दा हामीले यसका लागि स्वयम् राजा ज्ञानेन्द्रले यसका लागि तयार पार्दिएको पृष्ठभूमिको वारे चर्चा गर्नुपर्ने हुन्छ । दाजुको परिवारको २०५८ जेठ १९ गते भएको वंशनासपछि राजा भएका ज्ञानेन्द्रले वुवा महेन्द्र कै राजनीतिक वाटो समाए । २०५९ जेठ ८ मा पार्टीको आन्तरिक विवादका कारण संसद भंग गरेका शेरवहादुर देउवालाई अक्षम घोषण गरि सरकार वनाउने र भत्काउने खेलमा लागेका राजाले २०६१ माघ १९ मा सम्पूर्ण शक्ति आफ्नो हातमा लिदै संकट काल लगाए ।

त्यसपश्चात चलेको १९ दिन लामो दोश्रो जनआन्दोलनले  संविधानसभामार्फत २०६५ जेठ १५ गते २०४७ वर्षको राजसंस्थाको मियो उखाल्दै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्याे ! यसरी ज्ञानेन्द्रले २३७ वर्ष लामो शासनको पतनको भुमिका तयार पारे !

  • गणतन्त्र स्थापनाको १५ वर्षभित्र राजनीतिक दलले जनभावना अनुरुप काम गर्न नसकेको पनि सत्य हो र नेताहरूको जनतासँग सम्पर्क टुटेको पनि सत्य हो । जब–जब  गणतन्त्र राजनितिक नेतृत्व कमजोर हुन्छ, राजनीतिमा विश्वासको खडेरी पर्छ । प्रतिगामीहरु धमिलो पानीमा माछा मार्न उद्धत हुन्छन । यसकै उदाहरण प्रसाइको आन्दोलन हो । जब नेतृत्वले विस्वास गुमाउछ यस्तो समयमा अराजकता मौलाउँछ । समाज गन्तव्य, दर्शन विचारहीन अराजक जमातको पछि  लाग्न खोज्छ । खासमा भीडको विवेक हुदैन, आवेग मात्रै हुन्छ, समवेदना हुदैन, उत्तेजना मात्रै हुन्छ । राजनीतिमा व्यप्त वेथितिका विरुद्ध उभिने वलियो नेतृत्वको अभाव हुँदै गर्दा व्यवस्था विरोधी गतिविधि गर्नेले आड पाउँछन् । अहिले राजनीतिक दलको शीर्ष नेतृत्वले विश्वास गुमाएको अवस्था छ । तर, यति भन्दै गर्दा असफल राजनीतिक नृतृत्व भएको हो व्यवस्था हैन, गणतन्त्रको विकल्प राजतन्त्र हैन, उन्नत लोकतन्त्र हो ।

शाह वंशीय राजतन्त्र खासमा कुनै आदर्श प्रणाली थिएन । न त पृथ्वीनारायण शाहलाई छाडेर धेरै चर्चा र अनुशरण गर्ने योग्य राजाहरु नै जन्मिए ! वरु, एकपछि अर्को सन्कि, तामसि, निरंकुश, कायर र स्त्रिलम्पट राजाहरु  जन्मनु शाह वंशको नियति वन्यो । नेपालमा राजतन्त्र र लोकतन्त्रको गाडी सँगसँगै हिडन सक्दैन भन्ने कुरा त पिता महेन्द्र र छोेरा ज्ञानेन्द्रले पटक–पटक पुष्टि नै गरे । स्वयम् ज्ञानेन्द्र र युवराज पारस वदनामीको हद नाघेर गद्दी च्युत भएका हुन् । अझैपनि पारसको उदण्डता घटेको छैन ।

यति हुँदा–हुँदै पनि थापा, प्रसाईं, लिङदेन जस्ता राजनीतिक ठगहरुले बदनाम कांग्रेस, एमाले, माओवादी प्रतिको जनताको आक्रोशको फाइदा उठाउँदै राजाको पक्षमा लगाएको नाराप्रति अल्दादित र उत्तेजित भएर सक्रियता देखाउने कुचेष्टा ज्ञानेन्द्रले नगरुन, त्यसो गरे भने उनको दौलत र वैभवको लागि त्यो प्रति उत्पादक वन्न सक्छ । त्यसैले ज्ञानेन्द्र उत्तेजित नबनुन । जव गणतन्त्र पक्षधरहरु प्रतिकारमा उत्रन्छन् तब न राजासँग दौलत रहन्छ नत लिङदेन, मिश्र, प्रसाईं नै रहन्छन् । त्यस बखत उनीसँग कोहि र केही हुने छैन । त्यस पछिको ज्ञानेन्द्रको यात्रा निर्मल निवासतर्फ नहुन पनि सक्छ । 

लेखक बिए तेस्रो बर्ष राजनीतिक शास्त्र अध्ययनरत बिद्यार्थी हुन् ।