• वासु दुलाल

झापा नेपालको वाम–राजनीतिक चेतनाको जन्मभूमि हो। यही माटोमा २०२८ सालतिर उदाएको वर्ग–संघर्षले देशभर क्रान्तिको बीउ रोप्यो। दमन, गिरफ्तारी र बलिदानको कठोर यात्राबाट गुज्रँदै झापाका क्रान्तिकारीहरूले असमानता, शोषण र सामन्तीकरण विरुद्ध जनशक्ति संगठित गरेका थिए। यिनै संघर्षहरूले पछि जनवादी दिशाको निर्माण, संगठनको अनुशासन, वर्गीय दृष्टिकोण र जनतासँग मिलेर अघि बढ्ने राजनीतिक शैलीको जग बसाले। झापाले वाम आन्दोलनलाई बाटो मात्र बनाएन, चरित्र, विचार र दिशा पनि बनायो।

तर, बिगतको यो गौरवसहित आजको झापा नयाँ द्वन्द्व, चुनौती र राजनीतिक धोकाधडीको मैदान बनेको छ। झापा आन्दोलनको मूल धार, मूल्य र लक्ष्यलाई कमजोर पार्ने प्रमुख प्रतिगामी प्रवृत्ति –ओली लाइनबाट उर्ध्वगामी रूपमा देखापरेको छ। झापाकै भूगोललाई आधार बनाएर—

अवसरवाद
विभाजनवाद
विचारहीन लोकप्रियतावाद 
व्यक्तिगत सत्ता–लोभ र भ्रस्टाचार  

भद्दा घमण्ड ,हासीमजाक र बिचार बिहिनता ,अहङ्कार ,जस्ता राजनीति फैलाइने क्रमले यहाँको क्रान्तिकारी मूलभूत चेतना कमजोर पार्ने प्रयास निरन्तर भएको छ। यही ओली प्रवृत्ति, जसले विचारभन्दा व्यक्तिलाई ठूलो बनायो, संगठनभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दियो, सामूहिक निर्णयलाई किनारे राख्यो, सोही झापामा क्रान्तिकारी पुनर्गठनका प्रमुख चुनौती बनेका छन्।

नेपाली वाम आन्दोलनलाई बारम्बार विचलनमा पुर्‍याउने यही प्रतिगामी धारले झापालाई प्रयोगशाला बनाउँदै स्थानीय स्तरमा भ्रम, खण्डीकरण र अस्थिरता पैदा गर्न खोजेको छ। कम्युनिस्ट नाममा गैर–कम्युनिस्ट अभ्यास फैलाउने, समाजवादको भाषण गरेर नवउदारवादी कार्यव्यवहार लागू गर्ने, ‘जनता’ भन्दा ‘चमत्कार’ बेच्ने प्रवृत्तिलाई झापाले बुझेर परास्त गर्नुपर्ने दायित्व अत्यन्त ऐतिहासिक बनेको छ।

आजको निर्णायक मोडमा झापामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको दायित्व यस प्रकार स्पष्ट छ—

१) वैचारिक पुनर्जागरण र जन–संगठनको सक्रियता

झापाले फेरि एकपटक वर्गीय चेतना, वैज्ञानिक समाजवाद र संगठनात्मक अनुशासनलाई मूल आधार बनाएर जनता वा कार्यकर्तामा राजनीतिक स्पष्टीकरण पुर्‍याउनै पर्छ। भ्रम र झुटका प्रचार विरुद्ध वैचारिक स्पष्टता मुख्य हतियार हो।

२) प्रतिगामी ओली प्रवृत्तिको खुला राजनीतिक प्रतिवाद

झापामा ओली प्रवृत्ति वाम आन्दोलनकै भेषमा प्रतिगामी मार्ग फैलाउने स्रोत बनेको छ। यसलाई व्यक्तिको आलोचना होइन, प्रवृत्तिको राजनीतिक–वैचारिक विश्लेषण मार्फत उजागर गरेर खुला बहस, तथ्य र संगठनात्मक कार्यद्वारा परास्त गर्न क्रान्तिकारी पार्टी अगाडि उभिनुपर्छ।

३) वास्तविक समाजवादी कार्यक्रमको कार्यान्वयन

झापाका किसान, मजदुर, साना व्यापारी, दलित, आदिवासी जनजाति र पछाडि पारिएका समुदायको जीवन सुधार नगरी वाम राजनीति अर्थहीन हुन्छ। जमीन, उत्पादन, सेवा, रोजगार, स्वास्थ्य–शिक्षा जस्ता विषयमा ठोस कार्यक्रम झापा–केन्द्रित नीति मार्फत अघि बढाउनु आजको ठोस दायित्व हो।

४) युवा–शक्ति, महिला शक्ति र सांस्कृतिक क्रान्तिको पुनर्संयोजन

झापा आन्दोलनको मूल शक्ति युवा र संस्कार परिवर्तन थियो। आजको झापामा पनि राजनीतिक निष्ठा, प्रगतिशील संस्कार, वैज्ञानिक सोच र उत्पादनमुखी दृष्टिकोण विकास गरी नयाँ पुस्तालाई क्रान्तिकारी ध्रुवमा उभ्याउन आवश्यक छ।

५) पार्टी एकता र क्रान्तिकारी ध्रुवको मजबुती

अहिले निर्माण भएको नेपाली कम्युनिस्ट पार्टी झापाका त्यही पुराना आदर्श र रक्त–बलिदानको उत्तराधिकारी संगठन हो। झापाबाटै एकता, संगठन, कार्यक्रम र जनयात्राको शक्ति बढाउनु, देशभरका वामपन्थीहरूलाई वास्तविक समाजवादी दिशामा उभ्याउनु ऐतिहासिक अवसर हो।

झापाको बिगत गौरवशाली छ। वर्तमान चुनौती जटिल छ। भविष्य सम्भावनाले भरिएको छ।

झापालाई फेरि क्रान्तिकारी जागरणको केन्द्र बनाउने दायित्व हाम्रो काँधमा छ—

विचार, संगठन, संघर्ष ,जनता र देशका प्रतिको समर्पणको आधारमा।

यसै मार्गले मात्र झापा, र झापाबाट नै, नेपाली समाजवादको नयाँ दिशा खोल्न सकिन्छ।सबै चुनौतिको सामना गर्दै झापाबाट बिजयको यात्रामा लामबद्द बनौ 

लालसलाम

बासु दुलाल 

केन्द्रिय सदस्य 

नेपाली कम्युनिस्ट पार्टी