• सुदिप खवास

 बिर्तामोड । 

झापा बिर्तामोड–५ को एमिटी कलेजको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय झापाको प्राबिधिक सहयोगमा  बिद्यार्थीलाई एक दिने ट्राफिक सचेतना कार्यक्रम आइतवार (आज) सम्पन्न भएको छ।

जिल्ला ट्रापिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्ण गौतमले प्रशिक्षण दिएको ट्राफिक सचेतना कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत करिब दुईसय बिद्यार्थीको सहभागिता रहेको थियो।

एमिटी कलेज बिर्तामोडले बिद्यार्थीहरुलाई पढाइमा मात्र नभएर उनीहरुलाई अतिरिक्त कक्षाहरु पनि सञ्चालनमा विशेष ध्यान दिएको कलेजका प्राचार्य आरएस ढकाल बताए । हाल प्लस टु मा अध्ययनरत बिद्यार्थीहरु बिहान कलेज आउँदा सवारी साधन प्रयोग गरेर आउने गरेको र उनीहरुलाई ट्राफिक ज्ञान खासै नभएकाले सचेतनाका लागि प्रशिक्षण दिइएको उनले बताए । 

सवारी साधन प्रयोग गरेर आउने बिद्यार्थीको संख्या बढिरहेको भएपनि उनीहरुमा खासै ट्राफिक नियम सम्बन्धी अध्ययन नभएको कारणले गर्दा सवारी दुर्घटना हुनसक्ने भएकाले कलेज ट्राफिक सचेतना सम्बन्धी जानकारी दिने उदेश्यले एक दिवसिय ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको कलेजका को–अडिनेटर बिनोद साहले बताए।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय सहायक हवल्दार अनु खड्का र प्रहरी जवान कुमार राजवंशी, कलेजका लेखा शाखा प्रमुख केशवी ढकाल, लक्ष्मी संग्रौला खड्कालगायतको उपस्थिति रहेको थियो।