इटहरी ।

नागरिक उन्मुक्ति पार्टी (एकीकृत) कोशी प्रदेशको (प्रदेश नम्बर १ ) को अध्यक्षमा धनबहादुर पन्धाक चयन भएका छन् । सुनसरीको इटहरीमा सोमवार (आज) भएको प्रदेश समायोजन भेलाबाट पन्धाक अध्यक्षमा चयन भएका हुन् । प्रदेश सह–अध्यक्षमा जीवन धामी चौधरी चयन भएका छन् भने अन्य पदहरु यथावत रहने गरी पन्धाक अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

जीवनधामी चौधरीको अध्यक्षतमा भएको प्रदेश समायोजन कार्यक्रममा पार्टीका वरिष्ठ केन्द्रिय उपाध्यक्ष दामोदर पण्डितको प्रमुख आतिथ्य रहेको थियो भने उपाध्यक्ष अशोक चेम्जोङ र इन्दिरा मेयाङ्वोको बिशिष्ठ आतिथ्य रहेको थियो ।

कार्यक्रममा पार्टीका सचिव चन्द्रकुमार चौधरी, त्रिनारायण राजवंशी, सह–सचिव पदम अधिकारीलगायतको आतिथ्य रहेको पन्धाकले जानकारी दिए । कार्यक्रमको सञ्चालन प्रदेश सचिव बिर्जु गच्छदारले गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला संघर्ष समिति, नागरिक सशक्तीकरणका लागि जागरण अभियान, नेसपा, लोसपालगायका एकीकृत भएर नागरिक उन्मुक्ति पार्टी (एकीकृत) नामकरण भएको थियो ।