- रन्जित परियार
बुट्टाबारी
याक्थुङ्ग चोःलुङ्ग मान सेवादेन झापा बिर्तामोड–६ बुट्टाबारीले एक समारोह बिच चोलुङ्ग स्तम्भ उदघाटन तथा दाताहरुलाइ सम्मान गरेको छ । प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकि मेयर पबित्रा महतरा प्रसाईले चोलुङ्ग (स्तम्भ) को उदघाटन गरेकी हुन् ।
कार्यक्रममा चोलुङ्ग निर्माणका लागि दाताहरु तेजप्रसाद कन्दङ्गवा, लोकबन्धु कन्दङ्गवा लगायत एक सय चौबीस जनालाई सम्मान गरिएको थियो । चोलुङ स्तम्भ निर्माणका लागि बिर्तामोड नगरपालिकाबाट एक लाख, वडा कार्यालय ६ बाट दुई लाख र सात लाख स्थानीय एवम विभिन्न देश बिदेशका सहयोगीहरु सहित करिब १० लाख रुपैयाँ बराबरको लागतमा निर्माण भएको अध्यक्ष श्रीप्रसाद लिम्बुले बताए ।
किरात समुदायमा अन्नबाली लगाउने बेला बैसाखी पुर्णिमा उभौली र मंसिर पुर्णिमाका दिन धान थन्काउने एवम् उधौली पर्व पर्दछ । किराँती मान्यता अनुसार आजको दिन देखि हिउद शुरु र यो समयमा लेखबाट बस्तुभाव अनि चराचुरुङ्गीहरु बेसी तिर बसाइँ सर्ने समय भएको संकेतको रूपमा लिने र अन्न बाली भित्राइएको खुसीमा यो पर्व मनाउने गरिएको सामाजिक ब्याक्तित्व लोकबन्धु कन्दङ्गवाले बताए ।
कार्यक्रममा अतिथिहरु वडा अध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा, तेजबहादुर कन्दङ्गवा, युवा नेता सुवास भट्टराई, मसले सहकारी सस्थाका अध्यक्ष देबीप्रसाद नेपाल, सरस्वती माबिका प्रअ दिपक लुइँटेल लगायतले सहयोगी दाताहरुलाई धन्यवादसहित शुभकामना व्यक्त गरेका थिए ।
श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्रकला पगेनहाङले गरेकी थिइन् भने सहजीकरण सचिव गणेश कन्दङवाले गरेका थिए ।


















