बिर्तामोड । 

चुडाल बन्धु आमाबुबा कोषले पत्रकार तुलसीप्रसाद निरौलासहित एक सय ५० जना चुडाल बन्धुलाई सम्मान गरेको छ । 

पत्रकारिताको माध्यमद्वारा संस्थाको गतिविधीलाई प्रचारप्रसार गरेर संस्थाको गरिमालाई उच्च राखेको भन्दै चुडाल बन्धु आमाबुबा कोषले पत्रकार निरौलालाई सम्मान गरेको हो । 

चुडाल बन्धु कल्याण समिति केन्द्रीय कार्यालय कनकाई –८ लक्ष्मीपूरको सभाहलमा आयोजित कार्यक्रममा निरौलालाई चुडालवन्धु आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडाल, कार्यक्रमकी प्रमुख अतिथि कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नवराज कार्कीलगायतले नगद र सम्मानपत्र प्रदान गरेका थिए ।