झापा ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले किसानका गोठ–गोठमा पुगेर नेदरल्यान्डबाट आएका पशुविज्ञ सहितको सेवा सम्पन्न गरेको छ। झापाको बिर्तामोड, अर्जुनधारा, मेचीनगर शिवसताक्षी कनकाई नगर र बुद्धशान्ति गाउँपालिकाका किसानका गोठ–गोठमा पुगेर पशुमा देखिएका समस्याका विषयमा अन्तरक्रिया तथा अनुगमन गरेको हो।
सहारा नेपाल साकोसको कृषि तथा वातावरण उपसमितिको अगुवार्इमा नेदरल्यान्डबाट आएका पशुविज्ञ डाक्टर गेरेट टेकनको सहजीकरणमा किसानलाई गोठगोठमा पुगेर प्राविधिक सहयोग गरेको समितिका संयोजक राजकुमार ओलीले बताए।
नेपालकै ठूलो र सफल मानिएको सहारा नेपालले किसानका बाख्रा, गाई, भैँसी तथा चौपायाहरूमा देखिएका समस्याहरूलाई समाधान गर्ने लक्ष्यका साथ विदेशी विज्ञ सहितको सेवा सुरु गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए। समितिले झापाका आफ्ना विभिन्न समूहहरूलाई टोलटोलमा पुगेर विज्ञ सहितको सेवा प्रदान गरेको र किसानका समस्याहरुलाई आफूहरुले मसिनो गरी समाधान गर्नको लागि यो किसिमको अभियान थालिएको कृषि युनिट प्रमुख डाक्टर कमलेश्वर भाटले जानकारी दिए।
किसानका गोठमा एकैपटक मरेका ४० वटा बाख्राको समस्यालाई समेत नजिकबाट नियाल्ने गरी सहारा नेपालले विज्ञको टोली गोठमै पुगेर अनुगमन गरेको हो। बुद्ध शान्ति ५ का खगेन्द्र गौतमको बाख्रा गोठमा एकैपटक ४० वटा बाख्रा गत चैतमा मरेपछि गौतम परिवार विक्षिप्त बनेको थियो। आफ्ना सदस्यलाई सहारा नेपालले पशु बीमा गराएको र पशुबिमाको पैसा सहज रुपमै प्रदान गरेपछि केही राहत मिलेको गौतम परिवार को बसमै पुगेर विज्ञहरूको टोलीले बाख्रा हरूको, गोठको र खुवाउने गरेको चापट र घाँसको अध्ययन गरेको गरेको छ। त्यस्तै विज्ञ सहितको टिमले बुद्धशान्तिका सृजनशील सहारा कृषक समूह र प्रकृति सहारा कृषक समूहका किसानहरूसँग समेत अन्तरक्रिया गरेको छ। किसानका समस्याहरूलाई विज्ञ टोलीले सहजीकरण एवं अनुगमन गरेको हो।
विज्ञ टोलीले शिव शतासी नगरपालिकाको नयाँ प्रविधिबाट सञ्चालित बिन्दबासिनी गाई फार्मको समेत अनुगमन र निरीक्षण गरी सञ्चालक अधिकारीलाई गोठ नजिकैका समस्याको विषयमा समाधानको उपाय। र अब गरिने कामको समेत सुझाव दिएको छ। खगेन्द्र अधिकारीले आफूले नयाँ प्रविधि प्रयोग गरी कम कामदार लगाई ६५ वटा उच्च कोटिका गाईहरू पालेको र दैनिक ६०० लिटर दुध बेच्दै आएको छन्
तर गोठ सुधारमा निकै लगानी गरेका अधिकारीले गाईहरूलाई खुल्ला छोड्ने गरेको आफै नै घाँस र खुराकको व्यवस्थापन गर्ने गरेको देखिएको छ तर गाईहरूले खुल्ला सिमेन्टको पक्की भुइँ भन्दा माटोको खुल्ला छानुभएको जमिनलाई मन पराएको देखिएको छ।
झापामा पहिलोपटक अधिकारीले नयाँ प्रविधि अपनाउँदै गाई फार्म गर्दै आएका छन्। त्यस्तै मेचीनगर १५ का नेपाल परिवारले पालेको कुबेर बाख्रा फार्ममा समेत समस्या देखिएको र बाख्राहरूमा मासु लाग्ने समस्यामा कमी आएको विज्ञले बताएको छ। पशु पालनमा गोठ सुधार नस्ल सुधार तथा कम लागतमा हुने खुराक र घाँसको व्यवस्थापनलाई सहजीकरण गरी उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको बालीविज्ञ राजेन्द्र कुमार खरेलले बताए ।
सहारा नेपालका सञ्चालक तथा समिति का फोकल पर्सन शंकर रिजालले आफूहरुले बाख्राको मासुमा मात्रै भर नपरेर अबको दिनमा बाख्राको दुधलाई समेत बजार खोज्दै दूध दिने किसिमका बाख्राहरूको व्यवस्थापन गर्ने गरी योजना अघि सारिएको जानकारी दिए ।
किसानलाई पछिल्लो समय विभिन्न किसिमका समस्याहरू आउने गरेको र अबका दिनमा आफ्ना सदस्यहरुमा कसरी कम लागतमा मुनाफा कमाउन सकिन्छ भन्ने लक्ष्यका साथ युरोपबाट विज्ञ हरु झिकाएर किसानलाई कम लागतमा धेरै उत्पादन दिने गरेका योजनाको परिकल्पना गर्दै समिति अघि बढेको समितिका संयोजक राजकुमार ओलीले जानकारी दिए।
नेपालकै ठूलो र एसियाभरि नाम कमाउन सफल साहारा नेपालले किसानहरूलाई करिब ४ अर्ब रूपैयाँ लगानी गरेको र किसानको जीवनस्तर उकास्नको निम्ति विज्ञ टोलीहरूको समेत सहयोग लिएर अगाडि बढ्न खोजेको संयोजक ओलीले बताए।
१ लाख ७० हजार सेयर सदस्यहरू रहेको सहारा नेपाल सहकारीले १६ अर्ब रुपैयाँको कारोबार गर्दै आएको र १० अर्ब रुपैयाँ लगानी गरेको एवं संस्थाले एक अर्ब २४ करोड जगेडा कोष रहेको छ भने आगामी वर्षमा पाँच लाख सेयर सदस्य बनाउने लक्ष्य राखेको छ।


















