दानाबारी । 

नेपालकै नम्बर १ सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था अन्तरगत दानाबारी सेवा केन्द्रले तरकारी ब्यवस्थापन तालिम माइमा शुरु गरेको छ । सहारा नेपाल साकोस दानाबारीको आयोजनामा एक दिने तरकारी ब्यवस्थापन तालिम शुरु गरिएको हो । 

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको सभाहलमा भएको तालिमको उद्घाटन इन्दिरा बिष्टको अध्यक्षता तथा साकोस दानाबारी सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोक सेतु तामाङको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत उपसमिति सदस्य अम्बिका चौहानले गरेको कार्यक्रमको औचित्य एवम सञ्चालन सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले गरेका थिए । 

तालिममा सहारामा आवद्ध ५० भन्दा बढी महिला कृषक सदस्यहरुको सहभागीता रहेको थियो । तालिममा  कृषि बिकास कार्यालय झापाका पूर्व प्रमुख(उपसचिव) हाल साकोस केन्द्रिय कार्यालय चारपानेका  वरिष्ठ बाली विशेषज्ञ राजेन्द्र खरेल र पशु प्राविधिक प्रबिन कोइरालाले पहिलो चरणमा सहजीकरण थिए भने दोस्रो चरणमा प्रयोगात्मकसमेत गरी तालीम समापन गरिएको उपसमिति सदस्य झमकलाल खनालले जानकारी दिए ।

त्यसैगरी भोली मंगलबार यसै प्रकारको तालीम माई ८ बिष्णेटारस्थित लक्ष्मी आदर्श माबि परिसरमा सञ्चालन हुने सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए ।