दानाबारी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानाबारी सेवा केन्द्रले माई–८ बिष्णेटारस्थित लक्ष्मी आदर्श माबिमा एक दिने तरकारी खेती तथा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । 

सहारा नेपाल साकोस दानाबारी सेवा केन्द्रको आयोजनामा भएको एक दिने तरकारी खेती तथा ब्यवस्थापन तालिमको उद्घाटन प्रमुख अतिथि तथा माई ८ का वडाध्यक्ष अमृतबहादुर तामाङले गरेका थिए । 

सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक सेतु तामाङको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा माई नगर कार्यपालिका सदस्य तथा माई ८ वडा सदस्य खगिमाया राई, सेवा केन्द्र सञ्चालन सदस्य अम्बिका चौहान, सहजकर्ता बाली विशेषज्ञ राजेन्द्र खरेल, अग्रज कृषक प्रेम खत्री (विदुर) लगायतको आतिथ्य रहेको थियो ।

स्वागत सन्चालन समिति सदस्य चौहानले गरेको उद्घाटन कार्यक्रमको सञ्चालन सेवा केन्द्रका वरिष्ठ सहायक राजेन्द्र शेर्मा लिम्बूले गरेको सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनालले जानकारी दिए ।