बिर्तामोड । 

नयाँ बर्ष २०८१ को अवसरमा झापाको बिर्तामोड–५ स्थित बस पार्क जाने बाटोमा होटल रुस्किन सञ्चालनमा आएको छ । तीन करोड रुपैयाँका लगानीमा युवा ब्यवसायी नरेश श्रेष्ठले सञ्चालन गरेको होटलको शनिवार (आज) उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले होटलको उद्घाटन गरेकी हुन् । 

होटल सञ्चालिका भगवती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक नरेशले स्वागत गर्दै होटलको सेवा सुबिधाका बारेमा जानकारी दिएका थिए । उनका अनुसार ३ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको होटलमा ११ वटा एसी कोठा र ४ वटा नन् एसी कोठाहरु छन् । त्यस्तै होटलमा थकालीसहित बिभिन्न प्रकारका अर्गानिक तथा स्वादिष्ट खानाका परिकार उपलब्ध रहेका छन् । 

उद्घाटनको अवसरमा बैशाख ९ गतेसम्म बिशेष छुटको ब्यवस्था रहेको र होटलमा १७ जनालाई प्रत्यक्ष रोजगारी दिएको सञ्चालक श्रेष्ठले बताए । 

ruskin

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता डिएसपी कृष्ण चन्द, प्रहरी निरिक्षक ढुण्डीराज गिरी, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी, प्रकाश बिष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपाने, बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन होटल ब्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले गरेका थिए ।