झापा।

झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कनकाई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–१० का ओमबहादुर बस्नेतको १२ बर्षिय छोरा बिवेक बस्नेत नहरको साईफन जालीमा अड्किएर आइतवार मृत अवस्थामा फेला परेका थिए ।

मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मोरङको मंगलबारे अस्पताल पठएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।